२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

काठमाडौँ । एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलको छ ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो ।

यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू–१७ एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । थाइल्याण्ड तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी एक अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अङ्क मात्र छ । तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ ।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका परियारबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट बुधबार पाँचको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रवक्ता भट्टराईले बताए । साथै, निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूरजस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा बुधबार दिउँसो एक नवजात शिशु फेला परेको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ः०० बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो । 
 
जीउमा हल्का निलो रङ्गको लुगा लगाएको र गुलाबी रङ्गको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । 
 
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएका छ भने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । 
 
शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । धानखेतमा कि छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताए ।  

काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा बुधबार युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

गणितीय समीकरणअनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर, खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।

साथै, ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अङ्क जोडेका छन् ।

युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ ।

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको थियो ।

भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो ।

यस्तै, घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।