इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–५, तुइनखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक अनियन्त्रित भई पल्टिँदा चार जना घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१८३ नम्बरको काठको गुइँठा लोड गरेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
ट्रक चालक सुनसरीको बारा क्षेत्र नगरपालिका वडा नं–८ बस्ने ३८ वर्षीय प्रदीप उराउ, ट्रकमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय घीरेत उराउ, २५ वर्षीय वीरेन्द्र उराउ र सुनसरीको जुडीघाट–४ बस्ने १७ वर्षीय भिरेन ऋषिदेव घाइते भएका हुन् । घाइतेहरुको स्थानीय मेडिकल जनता केयर मुग्लिनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









