२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बहुविवाहलाई कानुनी मान्यता दिन हुँदैन : अधिवक्ताहरु

काठमाडौँ । अधिवक्ताहरूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन् । काठमाडौँमा आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने गरी विधेयकमा व्यवस्था गर्न नहुनेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याउन नहुने बताए । उनले भने, “लोग्नेमान्छेले मायाप्रेममा पारेर अर्की महिलासँग सम्बन्ध गरेर गर्भाधान गराएछ भने त्यस्तो गर्भाधानबाट जन्मिएकी बच्चा भएकी आमालाई स्वास्नी कायम हुनेछ भनेर लेखेछ । यस्तो कानुन बनाएछन् । यसले समाज भाँड्छ, नारीलाई दमन गर्छ ।”

वरिष्ठ अधिवक्ता त्रिपाठीले बहुविवाहलाई मान्यता दिनेगरी ल्याउन लागिएको कानुन निन्दनीय रहेको भन्दै लोकतान्त्रिक समाजमा यस्तो प्रकारको कानुनको कल्पना पनि गर्न नसकिने बताए । “बहुविवाह अर्को ठूलो सामाजिक भ्रष्टाचार हो, यो निन्दनीय छ । सभ्य समाजमा बहुविवाह हुन सक्दैन, लोकतान्त्रिक समाजमा यसको परिकल्पना पनि गर्न सकिँदैन । यस्तो कानुनको मस्यौदा तयार हुँदैछ भन्ने सुनिएको छ, यसको चौतर्फी विरोध गरिनुपर्छ ।”

वरिष्ठ अधिवक्ता न्यौपानेले राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरु मुद्दा मामिलामा परेपछि उनीहरूलाई उन्मुक्ति दिन यस्तो बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजिएको हुनसक्ने आरोप लगाए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।