२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

हैजाबारे सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय चितवनको अनुरोध

चितवन । जनस्वास्थ्य कार्यालय चितवनले चितवनमा हैजासम्बन्धी सतर्कता अपनाउन अनुरोध गरेको छ । सो कार्यालयले सोमबार सूचना जारी गर्दै चितवन हैजाको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

पर्सा र चितवन जिल्लाबीच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको सङ्क्रमण फैलिने जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । वीरगन्जमा हैजाले महामारीको रुपमा लिएको छ । अहिलेसम्म यस रोगबाट विरगञ्ज महानगरपालिका वडा नं.-३, ११, १२, १३ र १६ का १९४ जना  बिरामी परेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ  ।

हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । गर्मी समय, दूषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनवासीलाई उच्च सतकर्ता अपनाउन कार्यालयले अनुरोध गरेको हो ।

हैजा एक सङ्क्रमण रोग हो । जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ । उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुनपानीले हात राम्ररी धोएरमात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्ती पकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।

हैजा लागेको व्यक्तिमा अचानक बारम्बार पातलो पखाल लाग्ने, बान्ता हुने, शरीर कमजोर हुने, खुट्टा बाउँडिने कमजोर महसुस हुनेजस्ता लक्षण देखिने बताइएको छ । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यसैबीच, भरतपुर अस्पतालले पनि सतकर्ता अपनाउन अनुरोध गरेको छ । यस रोग छिटो फैलने भएकाले घर, छिमेक टोलमा सरसफाइमा ध्यान दिन तथा पानीको मुहान र स्रोतमा ध्यान दिन अस्पतालले अनुरोध गरेको हो । तारन्तार पातलो दिशा हुने, वान्ता हुने, शरीर कमजोर भएमा स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।