कोठा खोज्न जाँदा अपमान भएपछि पूर्वमन्त्री लालबाबु पण्डितकी श्रीमती विमलाको रोदन थामिएन (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बहिर्गमनमा परे । काठमाडौंमा उनको घर छैन । भाडामा बस्दै आएका उनी मन्त्री भएपछि छाडेका थिए । तर, बुधबार मध्यरातमा मन्त्रीबाट हटाइएको खबर पाएपछि पण्डित परिवारले कोठा खोज्न थाले । तर, शुक्रबार यो समाचार तयार पर्दासम्म कोठा नपाएको पूर्वमन्त्री पण्डितकी श्रीमती विमला महत पण्डितले क्यानाडानेपाललाई जानकारी दिइन् ।

कोठा खोज्न जाँदा एक महिलाबाट आफू अपमानित भएको गुनासो गरेकी उनले कसले अपमान गरेको हो यसबारे भने खुलाइनन् । कोठा खोज्न जाँदा आफूले भागेको अपमानको पीडाबारे उनले भनिन्, ‘सरले केही भन्नु भएन, तर म्यामले चैँ नराम्रो व्यवहार गर्नुभयो, अब त्यहाँ सित्तैँ दिए पनि चाहिँदैन।’

कार्यकर्तादेखि कलाकारसम्मले कोठा खोज्न सहयोग गरेको भएपनि फेला नपरेको उनले बताइन् । संसद भवननजिक कम्तिमा चार कोठाको फ्लाइट खोजेको जानकारी दिएकी उनले भनिन्, ‘आफ्नो सवारी साधन छैन, यसकारण संसद भवन हिँडेर आउन जान मिल्ने ठाउँमा कोठा खोजेको फेला नै परेको छैन ।’

कोठा खोज्दाको धपेडीले पूर्वमन्त्री पण्डित पनि बिरामी भएका छन् । कोठा नपाएपछि टाउको दुखेको पूर्वमन्त्री पण्डितले जानकारी दिए । हाल उनीहरु मन्त्री निवासमै बसेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *