नेपाल आएका ‘कसौटी’का अनुरागले नेपाली महिलासँगको फोटो पोस्ट गर्दै नेपालीमै के लेखे ?

चर्चित भारतीय सिरियल ‘कसौटी जिन्दगी की’का अनुराग अर्थात पार्थ समथान अहिले नेपालमा छन् । उनी विदा मनाउन नेपाल आएका हुन् । उनले सामाजिक संजालमा आफ्नो साहसिक यात्राका तस्वीर र भिडियो शेयर गरेका छन् । पोखरा आएर स्काइ डाइभिङ गरिरहेका पार्थको अनुहारमा त्यसको रोमाञ्च झल्किरहेको छ ।

पार्थले आफ्नो इन्स्टाग्राममा त्यहाँकी एक स्थानीय महिलासँगको फोटो पनि शेयर गरेका छन् । उनले फोटो शेयर गर्दै नेपालीमै ‘नेपाल तपाइँ सुन्दर हुनुहुन्छ’ भनेर लेखेका छन् । पार्थले नेपाल आएर ट्रेकिङ र एडभेन्चरसँगै यहाँको रात्रीजीवनको पनि मजा लिइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *