हेर्नुहोस नेपाल को यस्तो नक्सा सार्वजनिक: लिम्पियाधुरा, लिपुलेक र कालापानी समाबेश जानकारी को लागि सक्दो शेयर गरौ

सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा सार्वजनिक गरेको हो ।

सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे । नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।

सिमाविद हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक । पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । नक्शा संयुक्तराष्ट्रसंघसम्म पुर्याउनेबारे पनि छलफल भैरहेको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *