‘…अनि डाक्टरले तल्लोपेट थिचेजस्तो गरी औंलाहरुले मेरो गुप्ताङ्ग चलाए’

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलका एक चिकित्सकमाथि जबरजस्तीकरणीको अभियोग लागेको छ । ती चिकित्सकले चेकजाँचको क्रममा आफूमाथि जबरजस्तीकरणीको प्रयास गरेको एक युवतीले आरोप लगाएकी छिन् ।

गत मंसिर ८ गते अस्पतालको बिरामी चेकजाँच गर्ने कोठामा डा. रोहितकुमार झाले आफूमाथि जबरजस्तीकरणी गर्न खाजेको युवतीले बताएकी छिन्। युवतीले चिकित्सकविरुद्ध प्रहरीमा जाहेरी समेत दिइन् । जाहेरीपछि चिकित्सक पक्राउ परेका छन् । युवती गत मसिर १ गते जनरल हेल्थ चेकअपका लागि अस्पताल पुगेकी थिइन् । त्यो दिन उनले रगत तथा अन्य जाँच गराइन् । रिपोर्ट लिन र डाक्टरसँग परामर्शका लागि पुनः ८ गते अस्पताल गएकी थिइन् ।

त्यो दिन के भयो ? युवतीको भनाइ:

-४ः३५ बजे डा. रोहितले नाम बोलाए । ढोकाको बाहिरबाट खोल्न मिल्ने गरी लक लगाए । मलाई कुर्सीमा बस्न लगाए ।

-स्टेथोस्कोपद्वारा छाती चेकजाँच गर्ने भनी स्टेथोस्कोपसँगै मेरो स्तनमा समाए ।

-त्यसपछि पेट जाँच गर्नुपर्छ भन्दै नजिकै रहेको बेडमा सुत्न लगाए । पेट छामेको केहीबेरमा तल्लो पेट पनि हेर्नुपर्छ भने ।

-मेरो पाइन्टको खिप र फस्नर खोल्न थाले, मैले पर्दैन पर्दैन भन्दै थिएँ । मैले थाहा नपाउने गरी उनले फस्नर र खिप खोले ।

-उनले तल्लोपेट थिचे जस्तो गरी औंलाहरु मेरो गुप्ताङ्ग छेउमा लगे र गुप्ताङ्ग छोए ।

-म आत्तिएर जुरुक्क उठेँ । म बाहिर निस्कन खोज्दा यो कुरा कसैलाई नभन्नु भने ।

पछि आफूले स्वास्थ्य परीक्षण गर्न आउनुभएको आफ्नो अफिसको सरलाई आफूले पहिलेदेखि चिनेको सोही अस्पतालका एक डाक्टरलाई र श्रीमानलाई यस घटनाबारे जानकारी गराएको बताएकी छिन् ।

प्रहरीले अनुसन्धानको लागि डा. झालाई मंसिर ९ गते पक्राउ गरेर हिरासतमा राखेको छ ।

ती महिलाले जबर्जस्ती करणीका महल अनुसार डा. झालाई नियन्त्रणमा लिई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।

मुलुकी (संहिता) ऐन, २०७४ मा करणीसम्वन्धी कसुरमा के छ ?

२२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने ?

(१) सरकारी वा निजी कार्याल्यमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यवासायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यसतो कार्यालयमा काम गनेृ कर्मचारी वा त्यस्तो सेवा उपलव्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलव्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालिस हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो करणी यस ऐन वा अन्य कानुन अनुसार पनि कसुर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।

२२४. यौन दुव्र्यवहार गर्न नहुने : (१) कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन ।
(२) कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना करणीका आशयले समातेमा वा निजका संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्वन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्बीर दोएमा, यौनका आशयले निस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *