
भरतपुर । लोकप्रिय गायिका रचना रिमालले नयाँ तीज गीत “ए बाबा मलाई नर्सिङ पढाइदेऊ” बजारमा ल्याएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं–७, कृष्णपुर निवासी हरिप्रसाद भुसालको शब्द रचना रहेको समसामयिक यस गीतमा गोविन्द अनेकले सङ्गीत दिएका छन् । जनस्वास्थ्य विज्ञ हरिप्रसाद भुसाल लेखनमा समेत सक्रिय रहेका छन् ।
केही दोहोरो अर्थमा अश्लील लाग्ने शब्दहरु समेटिएका तीज गीतहरुले समाजमा नराम्रो असर पारिरहेको अवस्थामा हालको समसामयिक अवस्थालाई समेटेर भुसालले यो गीत रचना रिमालको स्वरमा बजारमा ल्याएका छन् ।
गोविन्द अनेकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा छोरीले नर्सिङ पढेर सजिलै अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता विकसित मुलुकमा गएर छिट्टै धन कमाउन सकिन्छ र सम्पन्न हुन सकिन्छ भन्ने भावसहित नर्सिङ पढ्न बुबासँग अनुरोध गरिरहेको कथावस्तु प्रस्तुत गरिएको छ । खास गरी अमेरिका बस्नेहरुले विवाहको लागि नेपाली नर्सहरु मन पराउने हुनाले पनि नर्स पढेर सजिलै अमेरिका जान सकिने कथाबस्तु गीतले बोकेको छ ।
हालको परिस्थितिअनुसारको विषय बस्तुमा तयार गरिएको उक्त गीतको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा मुख्य कलाकारका रूपमा संजना गुरुङले अभिनय गरेकी छन् भने रचनाकार भुसालकी छोरी सिमरन भुसालको समेत सशक्त अभिनय रहेको छ ।
गीतको छायाङ्कन बुद्ध थापाले गरेका हुन् भने निर्देशन र कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । तीजको मौलिक भावनासँगै शिक्षा र विदेशमा अवसरको चाहना जोडिएको यस गीतले समसामयिक सामाजिक यथार्थ झल्काउने कोसिस गरेको छ ।
राप्ती, २१ साउन । राप्ती नगरपालिका वडा नं–६, हर्दीस्थित पूर्व-पश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री पुरुष गम्भीर घाइते भएका छन् ।
भण्डारादेखि खैरहनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०३१ च ५५५१ नम्बरको कारले पैदलयात्री मकवानपुरको कैलाश गाउँपालिका वडा नं–७ घर भई हाल राप्ती–६, हर्दीमा डेरा गरी बस्ने बस्ने ५० वर्षीय नवीन चेपाङ गम्भीर घाइते भएका हुन् ।
घाइते चेपाङको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको छ । उपचारमा निजका छोरा रवि चेपाङ संलग्न रहेका छन् ।
कार र चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं–१३ बस्ने ५१ वर्षीय बाबुराम अर्याल इलाका प्रहरी कार्यालय, भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । यसवर्ष कक्षा १२ को परीक्षामा चितवनका ११ जनाले ३.९६ जिपिए ल्याएका छन् । विद्यालयहरुले सार्वजनिक गरेको विवरणअनुसार चितवनका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका हुन् ।
विद्यालयहरुले सार्वजनिक गरेको विवरणअनुसार विज्ञानतर्फ भरतपुरको अरोमा कलेजबाट तीन विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । यस्तै, भरतपुरको अर्किड कलेजबाट दुई जनाले ३.९६ जिपिए ल्याएका छन् । वाल्मीकि शिक्षा सदनबाट एक जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् ।
यस्तै, विज्ञानतर्फ भरतपुर–९ को गुरूकुल कलेजबाट एक जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । यस्तै, रतननगरको न्यू क्यापिटल कलेजबाट दुई जनाले ३.९६ जिपिए ल्याएका छन् । रत्ननगरकै स्काइराइडर आमाविबाट एक जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । यस्तै, डेजी आमावि खैरहनीका एक जनाले ३.९६ जिपिए ल्याएका छन् ।
चितवनबाट कति विद्यालय र कति विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भए भन्ने तथ्याङ्क शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरमा नरहेकोले परीक्षा बोर्डले जिल्लागत विवरण सार्वजनिक गरेपछि यकिन तथ्याङ्क आउने छ ।
अरोमा कलेजबाट एन्जेलिसा गुरूङ, प्रनिश रानाभाट, र प्रसिद्ध बगालेले ३.९६ जिपिए ल्याएको विद्यालयले जनाएको छ । भरतपुरको वाल्मीकि शिक्षा सदनबाट विज्ञानतर्फ अमन पौडेलले ३.९६ जिपिए ल्याएका छन् । भरतपुर–९ को गुरूकुल कलेजबाट विज्ञानतर्फका विद्यार्थी असीम कँडेलले ३.९६ जिपिए ल्याएका छन् ।
यस्तै, रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजका दुई जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । क्यापिटलका प्रज्ज्वलदेव पाण्डे र विवेक शर्माले ३.९६ जिपिए प्राप्त गरेका हुन् । यसैगरी, स्काइराइडर आवासीय माध्यमिक विद्यालयबाट सौरभ सुवेदीले ३.९६ जिपिए ल्याएका छन् । यसैगरी, डेजी आमावि खैरहनीका विद्यार्थी डेजीका करुण भट्टले ३.९६ जिपिए ल्याएका छन् ।




