२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

चितवन । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरू गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष सुरू भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरू गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे जानकारी दिइएको छ । उनले भने, “बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’ सञ्चालनबारे सिकाएका छौँ ।”

उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिए भने चालु आवको पहिलो महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् ।

चालू आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व सङ्कलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको थियो ।

चितवन । चितवनको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् ।

गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

इकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरुले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उनले जानकारी दिए । उनीहरुले रु तीन करोड ३३ लाख ७६ हजार ३५८ बराबरको सेवा लिएको ढकालले बताए ।

त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उनले बताए । आकस्मिक सेवामा गरिएको उपचारमा रु ७३ लाख ८१ हजार ६५२ खर्च भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा। कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताए । सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताए ।

लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उनले जानकारी दिए । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।