२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् लेखक वसन्त पराजुलीको नयाँ कृति ‘बखान’ शनिबार राजधानीमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ ।

शिखा बुक्सद्वारा प्रकाशित बखान तथ्य–घटनामा आधारित एक गैर–आख्यान हो, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभूतिको सेतुका रूपमा प्रस्तुत गरेका छन् । पुस्तकले ऐतिहासिक व्यक्तित्व स्व. बखानसिंह गुरूङको जीवनलाई केन्द्रमा राखेको छ ।

लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, विपी कोइरालाको समाजवादका चरण र गुरूङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले पुस्तकमा उतारेका छन् ।

समारोहका प्रमुखअतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य इतिहासका पुस्तकमा उल्लेख नभएका घटनाक्रमलाई पराजुलीले पुस्तकमार्फत उजागर गर्न सफल भएको टिप्पणी गरे । बखानसिंह गुरूङको उच्च योगदानलाई पुस्तकले इतिहासमा सजीव बनाएको महामन्त्री शर्माको भनाइ थियो ।

यस्तै, कांग्रेसका सह–महामन्त्री जीवन परियारले महत्त्वपूर्ण योगदान पुर्‍याएका बखानसिंह गुरूङलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बखानसिंह गुरूङकी पनातिनी जानुका गुरूङले आफ्ना बाजेलाई उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रको शहीद घोषणा गर्नुपर्ने माग राखिन् ।

समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, साहित्यकार अमर न्यौपाने, विश्लेषक शंकर तिवारी, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतका वक्ताले ‘बखान’बाट नयाँ इतिहासका कालखण्डबारे महत्त्वपूर्ण जानकारी मिल्ने उल्लेख गरे ।

साहित्यकार न्यौपानेले पुस्तकमाथि चर्चा गर्दै राजनीतिक परिवर्तनका क्रममा धेरै पुस्तकले छुटाएका घटनाक्रमलाई ‘बखान’ले समेट्न सफल भएको बताए ।

पुस्तकका लेखक तथा पत्रकार पराजुलीले बखानसिंह गुरूङको योगदानलाई साहित्यको माध्यमबाट आकार दिन खोजेको उल्लेख गर्दै पुस्तकको मूल्याङ्कन पाठकको हातमा रहेको स्पष्ट पारे ।

पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यसअघि लेखक पराजुलीका कुमाता, मोम्चोलगायत चार कृति प्रकाशित भइसकेका छन् । विगत साढे दुई दशकदेखि लगातार पत्रकारितामा सक्रिय छन् । हाल उनी चितवनमै रहेर गोरखापत्र दैनिकमा आवद्ध रही पत्रकारितालाई निरन्तरता दिइरहेका छन् ।

        बखानभित्र के छ ?

नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसले २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको छ, जसले इतिहासलाई साहित्यिक आयाममा बुझ्न मद्दत गर्छ।

बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धा हुन्। बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ। उनका बारेमा खासै लेख-रचना नभएको सन्दर्भमा गाउँघरमा चलेका किंवदन्ती र परिवारका सदस्यबाट प्राप्त जानकारीलाई आधार बनाएर यस उपन्यासको रचना गरिएको देखिन्छ। यसले इतिहासमा हराएका पात्रहरूलाई पुनर्जीवन दिएर उनीहरूको योगदान उजागर गर्ने प्रयास गरेको छ।

लेखक पराजुलीले ऐतिहासिक तथ्यलाई आधार मानेर त्यसभित्र तथ्यपरक जलप लगाएका छन्। बखान पुस्तकमा चितवनको २०१३ सालपछिको विकासको तीव्र गतिलाई पनि समावेश गरिएको छ। नारायणी खगेरी सिँचाइ आयोजना, रामपुर क्याम्पस, नारायणघाट-मुग्लिन सडकजस्ता पूर्वाधारहरूको निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको विकासले तत्कालीन चितवनको समग्र चित्र प्रस्तुत गर्छ। यसरी बस्ती विकासमा बखानसिंह गुरुङले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि यसले चित्रण गरेको छ।

बखान पुस्तक लेख्नका लागि विभिन्न व्यक्ति, पत्रकार तथा संस्थाहरूले दिएको सहयोगप्रति लेखक पराजुलीले आभार व्यक्त गरेका छन्।

यसबाट यो बखान पुस्तक धेरैको सहयोग र अनुसन्धानको प्रतिफल भएको बुझ्न सकिन्छ। लेखक पराजुलीले पाठकलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मानेका छन् र प्रतिक्रियाको अपेक्षा राखेका छन्, जसले लेखक-पाठकबीचको गहिरो सम्बन्धलाई दर्शाउँछ।

समग्रमा, यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको छ।

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको शनिबार मृत्यु भएको छ ।

नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जानकारी दिए । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गरिने

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिए ।

यस्तै, सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उनले बताए ।

झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

वीरगञ्ज । वीरगञ्ज महानगर-१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए ।

सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो ।

वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए । सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताए ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन् ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिए । “यो हैजा हुनसक्ने सम्भावना छ । नआत्तिकन आफूले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन अनुरोध गर्दछु”, उनले भने ।

मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ । त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ । वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रुपमा मात्र नभई सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरू र साक्षात् देवताको रुपमा पूजा गरिन्छ । पिताको अतुलनीय मह¤वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरुको व्यवस्था गरिएको छ । तीमध्ये कुसेऔँसी जसलाई गोकर्ण औँसी वा पितृ औँसी पनि भनिन्छ । अतः यो एक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ ।

कुसेऔँसीलाई केवल धार्मिक अनुष्ठानका रुपमा मात्र होइन दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि मह¤वपूर्ण पर्वका रुपमा हेरिन्छ । सनातन धर्मका मूल ग्रन्थहरु जस्तैः वेद, उपनिषद्, स्मृति र पुराणहरुले पिताको महिमालाई अत्यन्त उच्च स्थानमा राखेका छन् । पितालाई साक्षात् धर्म, स्वर्ग, र परम तपस्याको प्रतीक मानिन्छ । ऋग्वेदले पितालाई जीवनको संरक्षक र सृष्टिको आधार मान्छ भने यजुर्वेदमा उहाँलाई ज्ञान र विवेकको स्रोत मानिएको छ । शतपथ ब्राह्मणमा पितालाई अग्निको रुपमा चित्रित गरिएको छ, जसले परिवारलाई प्रकाश, न्यानोपन र शक्ति प्रदान गर्छ । पिता घरको आधार हुन्, जसले प्रत्येक सदस्यलाई सुरक्षा र दिशा दिन्छ । शतपथ शुक्ल यजुर्वेदको एउटा साहित्यसँग सम्बन्धित छ । यसको नाम “शतपथ” त्यसकारण परेको हो कि यसमा सयभन्दा बढी पथ (पाठ वा मार्ग) उल्लेख गरिएको छ । यो ग्रन्थ वैदिक धर्मका प्राचीन अभ्यास र जीवन मूल्यहरु बुझ्नका लागि मह¤वपूर्ण स्रोत मानिन्छ ।

“पिता स्वर्गः पिता धर्मः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने सर्वा देवाः प्रीयन्ति हि ।।”

यस संस्कृत श्लोकले पिता केवल पारिवारिक सदस्य मात्र नभई साक्षात् देवता रहेको स्पष्ट पार्छ । सन्तानले पिताको सेवा र सम्मान गर्दा सम्पूर्ण देवताहरु प्रसन्न हुन्छन्, जसले जीवनमा आध्यात्मिक उन्नति र मोक्षको मार्ग खोल्छ । मनुस्मृतिअनुसार पिता अन्य सबै सम्बन्धभन्दा माथि मानिन्छन् । पिताले सन्तानलाई दिएको जीवन, ज्ञान र संस्कारको ऋणलाई ‘पितृऋण’ भनिन्छ, जुन केवल भौतिक नभई नैतिक, बौद्धिक र आध्यात्मिक पनि हो । यो ऋण सन्तानले आजीवन सेवा, सम्मान र उहाँले देखाएको मार्गमा हिँडेर मात्र चुक्ता गर्न सक्छ ।

 

कुसेऔँसीको नामकरणमा प्रमुख भूमिका निर्वाह गर्ने ‘कुश’ हिन्दुधर्ममा अत्यन्त पवित्र वनस्पति मानिन्छ । यसको प्रयोग यज्ञ, हवन, पूजा, श्राद्ध र तर्पणमा अनिवार्य मानिन्छ । पौराणिक कथाअनुसार भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीलाई समुद्रबाट निकाल्दा उहाँको शरीरबाट झरेका रोमकूपहरु नै कुशका रुपमा उत्पन्न भएका थिए । त्यसैले, कुशलाई विष्णुको स्वरुप मानिन्छ ।

गरूड पुराणमा भनिएको छ कि कुशको प्रयोगले पुण्य प्राप्त हुन्छ र पाप नष्ट हुन्छ ।

‘अस्मिन् कुशासनं यज्ञेषु सम्यक् स्थापयेत् ।
यस्यां तर्पणं कृत्वा पुण्यं प्राप्नोति नरः ।।’

यसले धार्मिक कर्मकाण्ड र पूजा विधिको मह¤व पुष्टि गर्छ ।

कुश केवल धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि मह¤वपूर्ण छ । यसमा प्राकृतिक एन्टी–सेप्टिक गुण हुन्छ, जसले हावामा रहेका हानिकारक जीवाणु नष्ट गर्छ । यसको स्थिर संरचनाले ध्यान र पूजा गर्दा शरीरको मुद्रालाई सही राख्छ । यसले भूमिको नकारात्मक ऊर्जा रोक्ने र सकारात्मक ऊर्जा प्रवाह बढाउने काम गर्छ । साथै, पारिस्थितिक दृष्टिले कुशले माटोको उर्वरता बढाउँछ, कटाव रोक्छ र प्राकृतिक सन्तुलन कायम राख्छ ।

कुसेऔँसी भाद्र महिनाको कृष्णपक्षको औँसीमा पर्दछ । यस दिन सन्तानले जीवित पितालाई सम्मान र आशीर्वाद लिन्छन् भने दिवंगत पिताका लागि तर्पण र श्राद्ध गर्छन् । यस दिनको मुख्य अनुष्ठानहरुमा कुशको छेदन गरी सङ्कलन, पिताको सम्मान र दर्शन, पितृतर्पण र दान समावेश हुन्छ । सूर्योदयअघि पवित्र नदी, तलाउ वा वनबाट मन्त्र उच्चारण गर्दै कुश सङ्कलन गरिन्छ । कुशछेदन मन्त्र :

‘ॐ विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गतः ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।’

सन्तानले पितालाई मीठो भोजन खुवाउने, उपहार दिने र चरण स्पर्श गरी आशीर्वाद लिन्छन् । यसले पिता–सन्तानको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । दिवंगत पिताका लागि कुशको आसनमा बसेर तर्पण, श्राद्ध र दान–पुण्य गरिन्छ । पितृतर्पण गर्दा प्रयोग हुने मन्त्रहरुले पितृहरुको आत्मालाई शान्ति र सन्तानलाई पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।

कुसेऔँसीको परम्परा वैदिक कालदेखि चलिआएको मानिन्छ । रामायणमा राम र सीता कुशको आसनमा बसेर विवाहका अनुष्ठान सम्पन्न गरेका थिए । महाभारतमा पाण्डव र कौरवले कुशको प्रयोग गरी युद्धअघि पितृतर्पण र यज्ञ गरेका थिए । गरूड पुराण र विष्णु पुराणले पितृतर्पण र श्राद्धको मह¤व विस्तारपूर्वक वर्णन गरेका छन् । प्राचीन नेपाल र भारतमा राजाहरुले विशेष पूजा, दान र अनुष्ठानहरु गरेर राज्य र प्रजा दुवैमा धर्म, शान्ति र समृद्धि स्थापना गर्थे ।

आधुनिक समाजमा कुसेऔँसीले अझ मह¤व राख्छ । व्यस्त जीवनशैलीका कारण पारिवारिक सम्बन्ध कमजोर हुँदै गएको अवस्थामा यस पर्वले पिता र सन्तानबीचको भावनात्मक सम्बन्ध मजबुत बनाउँछ । मनोवैज्ञानिक दृष्टिले पितासँग समय बिताउँदा, उनको आशीर्वाद लिँदा र सम्मान गर्दा मानसिक शान्ति, सकारात्मक ऊर्जा र तनाव कम हुन्छ । कुशको प्रयोग, यज्ञ र हवनमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ, जसले शरीर र मन दुवैमा स्थिरता ल्याउँछ ।

कुसेऔँसी केवल धार्मिक पर्व होइन, यसले परिवारलाई एकताबद्ध बनाउँछ, नयाँ पुस्तालाई संस्कार र सामाजिक मूल्य सिकाउँछ । पिताको योगदान र त्याग सम्झाउन मद्दत गर्छ । यसले सन्तानमा पितृऋणको महसुस गराउँछ र जीवनभर पिताप्रति श्रद्धा र सेवा गर्न प्रेरणा दिन्छ ।

सांस्कृतिक दृष्टिले कुसेऔँसीले टाढा–टाढा रहेका सन्तानलाई आफ्ना पितासँग जोड्छ । विद्यालय, कलेज वा विदेशमा रहेका युवाहरु पनि यस दिन घर फर्कन्छन्, जसले पारिवारिक सम्बन्ध मजबुत बनाउँछ । सामाजिक दृष्टिले यस पर्वले समुदायमा एकता र सहयोगको भावना विकास गर्छ ।

वैज्ञानिक दृष्टिले पनि यस पर्वको मह¤व कम छैन । पितासँग समय बिताउँदा मानसिक स्वास्थ्यमा सुधार हुन्छ, पारिवारिक सम्बन्ध सुदृढ हुन्छ र भावनात्मक स्थिरता बढ्छ । कुशको प्रयोग, पवित्र स्थानमा अनुष्ठान र ध्यानले शरीर र मस्तिष्क दुवैमा सकारात्मक प्रभाव पार्छ ।

पिताको सेवा र सम्मान गर्नु जीवनको एक गहिरो दार्शनिक अभ्यास हो । यसले सन्तानलाई जीवनका नैतिक, आध्यात्मिक र सामाजिक मूल्य सिकाउँछ । कुसेऔँसीले पिताको त्याग, परिश्रम र जीवनभरको योगदानलाई स्मरण गराउँछ । यसले पितालाई भगवान्को रुपमा हेर्ने सनातन धर्मको मूल भावनालाई जीवन्त राख्छ ।

अन्ततः, कुसेऔँसी पिता–सन्तान सम्बन्धको गहिराइ, पितृऋणको बन्धन, धार्मिक पुण्य, मानसिक स्थिरता, सामाजिक संरचना र आधुनिक वैज्ञानिक दृष्टिकोणलाई सँगसँगै जोड्ने पर्व हो । यसले पिताको सम्मान, सेवा र आशीर्वाद प्राप्त गर्नु जीवनको सर्वोच्च पुण्य हो भन्ने सन्देश दिन्छ ।

ksbkhanal@gmail.com

चितवन। ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बसेका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउँछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।

श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, ‘वृद्धावस्थामा निकै समस्या हुँदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।’ अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, ‘अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।’ अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए । उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।

दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गए । एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिंदै आएका छन् ।

‘आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ’, उनले सुनाए, ‘बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ उहाँले सुनाउनुभयो । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।’

बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, ‘जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु । सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।’

देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेका छन् । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।

सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।’ सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, ‘समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।’

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा दोस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम् : नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ शनिबारदेखि सुरू भएको छ । काठमाडौँ, नवलपुर र चितवनलगायतका १८ विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटै कमिटीको प्रतिनिधित्व रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–६ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले विल्कुलै नयाँ किसिमको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्छ,’ विद्यार्थीहरू विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् ।’
 
संयुक्त राष्ट्रसंघका छवटै कमिटीको प्रतिनिधित्व गर्दै सुरु भएको कार्यक्रममा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति बूढानिलकण्ठ स्कुल काठमाडौँकी छात्रा अविश्या कार्की र उपसभापति अङ्कुरम् एकेडेमीकी स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति अङ्कुरम् एकेडेमीकी प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अनुसन्धान गर्नेछ भने अङ्कुरम् एकेडेमीकै दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस हुने कार्यक्रम छ ।

युएनको अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति क्रमशः शुभांशराज केसी र विशाल सापकोटा रहेका छन् । उनीहरुको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा बहस गर्नेछ ।

विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका अङ्कुरम् एकेडेमीका सिर्जना लम्साल र रुपेश घिमिरे क्रमशः सभापति र उपसभापति रहेका छन् भने उनीहरूको कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्पपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनको सभापतिको भूमिका अङ्कुरम् एकेडेमीका आकर्षा सापकोटा र उपसभापतिको भूमिका सौर्य पौडेलले निर्वाह गरिरहेको कमिटीमा ‘विज्ञान शिक्षा र साँस्कृतिक संरक्षणमार्फत जलवायु परिवर्तनको सामना’ विषयमा बहस हुँदैछ । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रेस संयोजकको भूमिकामा रहेका कक्षा १० का विद्यार्थी अनिश बरालको नेतृत्वमा १० जनाको कमिटी रहेको छ । उक्त कमिटीले छवटै कमिटीमा बहस गरिएका विषयबाट आएको संकल्प प्रस्तावमाथि प्रश्न गर्ने कार्यक्रम छ महासचिव अर्जुन जी शर्माले जानकारी दिए ।  

उद्घाटन कार्यक्रममा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमका महासचिव अर्जुन जी शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय र कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेल, विद्यालयका आवासीय निर्देशक नईम चौधरी र निर्देशक सरला पौडेललगायतको उपस्थिति रहेको थियो । 

चितवन । स्क्रब टाइफसबाट शनिबार चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।

चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

चितवन । अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि बिएचएम एवं बिआइटीएम दुबैमा आरम्भ कलेज चितवन प्रथम हुन सफल भएको छ । भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ ।

सेमेस्टर परीक्षाको नतिजामा चितवन प्रथम भइसकेको आरम्भ कलेज तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै अहिले नेपाल तेस्रो बन्न सफल भएको हो । यो नतिजालाई हेर्दा आरम्भ कलेजको यात्रा अब गोल्डमेडलतिर अगाडि बढिरहेको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटीएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको छ । यस वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा कलेजको दोस्रो ब्याचका छात्र सबिन श्रेष्ठ ३.९८ जिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका छन् । सोही परीक्षामा सोही सुप्रिया घर्ती क्षेत्रीले जिपिए ३.९७ र छात्र अञ्जल लामाले जिपिए ३.९४ ल्याएका छन् । उक्त परीक्षामा आरम्भ कलेजबाट जिपिए ३.८ भन्दा माथि १३ जना, ३.६ भन्दा माथि १२ जना र ३.२ भन्दा माथि २२ जनाले ल्याएका छन् ।

कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ जिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले जिपिए ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।

बिआइटीएमतर्फ यस वर्षको पहिलो सेमेस्टरको परीक्षामा पनि कलेजको नतिजा राम्रो आएको छ । कलेजकी छात्रा सेजल खड्की ३.८४ जिपिएसहित जिल्ला प्रथम भएकी छन् । उक्त परीक्षामा सौरभ पौडेलले ३.८०, अमन महतोले ३.७८, आरम्भ पौडेलले ३.७७, क्रिस्टिना सुनारले ३.७५ र एलिस गुरुङले ३.७४ जिपिए ल्याएका छन् । जिपिए ३.६ भन्दा माथि १०जना, ३.४ भन्दा माथि १४ जना र ३.२ भन्दा माथि ११ जनाले नतिजा ल्याएका छन् ।

चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटीएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य सुरज शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्र्ना हुन पाउने उनले बताए । कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए । उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे । कलेजको बिआइटीएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाकै वर्ष र यस वर्ष पनि बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिेलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।

शैक्षिक नेतृत्व लिँदै आरम्भ

आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।

व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’

दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दस हजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसीपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’

आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ । चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।

भरतपुर । एरा प्रोडक्सनको व्यानरमा सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन बितरण गर्ने भएको छ ।

निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

यसअघि पनि ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतहरु सार्वजनिक भईसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ । निर्माण पक्षको विश्वास छ “चिट्ठी’ मा कलाकारहरूको दमदार अभिनय, मौलिक कथा र आकर्षक प्रस्तुति रहेको छ ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।