२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विवरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।

शनिबार बसेको १७२औँ कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।

नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाइ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।

कार्यपालिका बैठकमा जेनजी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आजगनी र तोडफोडमा केही कर्मचारीहरु समेत संलग्न रहेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् । बैठकले आन्दोलनमा सहभागी भएका कर्मचारीको पहिचान गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुने गरी गरिएको आगजनी र तोडफोडको घटना केलाउदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकमा नगरप्रमुख प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक तथा वडाध्यक्षहरुले जेन्जी आन्दोलनले निम्त्याएको परिस्थिति र अबको निकासको बारेमा धारणा राखेका थिए ।

जेन्जी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारीसाधन र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले बाँकी रहेको कार्यकालको मासिक सेवा सुविधाबापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् ।

शनिबार सम्पन्न १७२औँ कार्यपालिका बैठकमा बोल्दै उनले नगरप्रमुखको हैसियतमा आफूले पाउने तलब र भत्ताबापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरवासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफू विचलित नरहेको भन्दै उनले नयाँ ऊर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

उनले स्थानीय सरकारलाई पुरानै अवस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विवरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।

बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।

नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाइ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।

कार्यपालिका बैठकमा जेनजी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आजगनी र तोडफोडमा केही कर्मचारीहरुसमेत संलग्न रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् ।

बैठकले आन्दोलनमा सहभागी भएका कर्मचारीको पहिचान गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुनेगरी गरिएको आगजनी र तोडफोडको घटना केलाउँदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकमा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक तथा वडाध्यक्षहरुले जेनजी आन्दोलनले निम्त्याएको परिस्थिति र अबको निकासको बारेमा धारणा राखेका थिए । जेनजी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारीसाधन र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।