२०८३ बैशाख १३ आईतवार
२०८३ बैशाख १३ आईतवार

चितवन । नेपाली सङ्गीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको सङ्गीत र गायक विवेक डोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई स्रोता-दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङरमास्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट-प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ । सङ्गीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।

खैरहनी । खैरहनी नगरपालिका वडा नं–९, बैरहनीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेश ०३०४ प ९४०१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा राप्ती बस्ने ८२ वर्षीय हस्त गिरी र मोटरसाइकलपछाडि सवार ३२ वर्षीया सुकुमाया प्रजा घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल चालक राप्ती–९ बस्ने ३३ वर्षीय ध्रुव चेपाङ इलाका प्रहरी कार्यालय, खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१९, मुखिया चोकमा ट्रयाक्टर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

ना ५ त ६४९ नम्बरको ट्रयाक्टर र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ३३ प ९१२६ नम्बरकोे मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भरतपुर–१७ बस्ने ४५ वर्षीय सञ्जय थापामगर गम्भीर घाइते भएका हुन् ।

घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा ट्रयाक्टर धनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

चितवन । विश्व चर्चित गजलकार गुलाम अली खानका तीन पुस्ता उस्ताज गुलाम अली, छोरा आमिर गुलाम अली र नाति नाजिर आमिर गुलाम अलको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ ।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा अन्तर्राष्ट्रिय नेपाली मोडल दीपक घिमिरे र बर्षा कुँवर (मिसेस ब्युटीक्विन नेपाल २०२५’को अभिनय छ ।

केही दिनअगाडि एक साङ्गीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलीले नेपाली आफ्ना नेपाली स्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा संगीतकार मिलन मोक्तानले बताए ।

गीतले एक व्यक्तिले आफूलाई मनपरेको केहीको विषयमा आफ्नो मनमा उब्जिएको भावना व्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ । जसमा रोमान्टिक जोडीको रुपमा दीपक र वर्षा प्रस्तुत भएका छन् ।

मिलन मोक्ताङको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्र्रको छायाङ्कन र अर्जुन खड्काको सम्पादन रहेको छ ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६ का वडा सदस्य गोपीकृष्ण विडारीले वडा कार्यालयलाई कार्यालय सञ्चालनका लागि उपकरण सहयोग गरेका छन् । वडा सदस्यको हैसियतमा आफूले पाएको सेवासुविधाबापतको रकमबाट विडारीले ल्यापटप एक थान, स्क्यानर एक थान र एउटा प्रिन्टर सहयोग गरेका हुन् ।

वडाध्यक्ष किरण चौधरी, कार्यपालिका सदस्य बबिता चौधरीको रोहवरमा वडा सदस्य विडारीले वडा सचिव पद्मराज सापकोटालाई उपकरण हस्तान्तरण गरेका हुन् ।

‘आगलागीबाट कार्यालयमा भएका सम्पूर्ण सामान खरानी भए’, विडारीले भने, ‘उपकरणको अभावले कार्यालय सञ्चालनमा समस्या परेपछि सहयोग गरेको हुँ ।’ वडावासीलाई सेवा प्रदान गर्नु स्थानीय सरकारको दायित्व रहेको भन्दै उनले उपकरणको अभावमा सेवा प्रभावित हुन नहुने तर्क गरे ।

सोही अवसरमा वडाध्यक्ष चौधरीले मासिक सेवासुविधाबापतको रकमबाट कार्यालयका लागि वडा सदस्यले गरेको सहयोग उदाहरणीय रहेको बताए ।

जेनजी प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडका कारण कार्यालयमा भएका सबै उपकरण जलेर नष्ट भएका छन् । आगलागी भएको भवन सरसफाइ गरी कार्यालय सञ्चालन गरिएको छ । आर्थिक अभावका कारण कार्यालय भवन पुनर्निर्माणको काम सुरू हुन सकेको छैन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।