२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरू गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए ।

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बस सेवा सञ्चालनमा ल्याइएको हो । उनले भने,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ ।” पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरूको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरूद्ध भएपछि यात्रुहरुले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।

पहिरो समय–समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः मङ्गलबार पहिरो खसेर सडक अवरूद्ध भएको छ । बुधबार पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भएको थियो ।

भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत  मङ्गलबार तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाउने क्रम जारी छ । आज बेलुकासम्म पहिरो सकेसम्म बिहीबार बेलुकीसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखिए पनि त्यो सम्भावना अत्यन्तै न्यून छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिएको हो ।

ठूलो पहाड नै सडकमा खसेकाले पन्छाउन समय लागेको सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार सडकमा करिब १५ हजार घनमिटर पहिरो खसेको छ । बुधबार बेलुका पाँचवटा मेसिनले एकैपटक पहिरो पन्छाउने काम गरेको थियो । सडकको १६० मिटर भाग पहिरोले पुरिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ ।

प्रमुख लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्णरुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।

सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ । सडक रोकिएसँगै ठूलो सङ्ख्यामा सवारीसाधन लाममा छन् । यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् । मालवाहक सवारीसाधन लाममा छन् ।

पछिल्लोपटक सडक ठप्प भएको ३८ घन्टाभन्दा बढी भएको छ । यसअघि लगातार ४५ घन्टा बन्द भएर सडक खुलेको थियो । यसपालि तुइन खोला पहिरोले धेरै दुःख दिएको छ । सडक विस्तारका क्रममा पहाड थर्किएर कमजोर भएकाले यो ठाउँमा जतिबेला पनि पहिरो खस्ने जोखिम छ ।

पोखरा–काठमाडौँ सडकमा पनि प्रभाव

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ ।

उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँआवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरुलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । “मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ”, उनले भने ।

पोखरा–काठमाडौँ खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरूद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।

चितवन । गीतकार हरिभक्त बुढाथोकीको शब्द, भीम बिसीको संगीत, मेलिना राई र टेक बिसीको स्वारमा रहेको” जोवनै ढल्की गएसी” उक्त गीत हरिभक्त बुढाथोकी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सलोन बस्नेत, टेक बिसी र बिनिता ओलिको संयुक्त अभिनयमा बनेको उक्त म्युजिक भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन विवेक सुनार, भिडियो सृगार मिलन विश्वकर्मा, नित्य निर्देशक विशाल कैने, सहायक निर्देशन सुमन बस्नेत तथा निर्देशन सान थापाले गरेका हुन् ।

गीतकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवाको क्षेत्रमा अग्रणि भूमिकामा पुग्नुभएको एउटा उदाहरणीय नाम हो । एक दर्जनभन्दा बढी पुस्तकका लेखक, साथै ५ विविध विधामा सोधपत्रसमेत लेखिएका अब्बल व्यक्ति हुन् हरिभक्त बुढाथोकी । साथै, नेपालीमा ड्राइभिङ्गसम्बन्धी पुस्तकका पहिलो लेखक तथा ड्राइभिङ्गसम्बन्धी पत्रिकाका पहिलो सम्पादक र प्रकाशकका साथै तेरथुम जिल्लाका पहिलो नाटककारबाट चिनिएका व्यक्ति हुन् ।

उनको पहिलो नाटक हो बसन्त कोपिला । यसैले साहित्यकार हरिभक्त बुढाथोकी नाटककार, उपन्यासकार, गीतकार, कथाकार आदिमा समेत निकै अब्बल मानिन्छन् ।

“८६ वर्षीय गीतकार हरिभक्त बुढाथोकीका यसअघि प्यारो बाबा, बुढेसकाल, संघर्ष, नजर लाग्ला नि, नजरमा नजर मिलेपछि, मुटुमै गाँसेको साइनो, दुरी मलाई हुनु छैन, जिन्दगी हौ तिमी मेरो, डार्लिङ्ग, मलाई हार्न दिँदैन जस्ता आधुनिक तथा विविध गीतहरूका साथै पतञ्जलि योग गान तथा रोटरी गान र गीत जस्ता दर्जनौँ चर्चित गीतहरू प्रकाशित भैसकेका छन् ।

समाजसेवी हरिभक्त बुढाथोकी सामाजिक तथा शैक्षिक क्षेत्रमा प्रसस्त निस्वार्थ लगानीहरू गरेका उदाहरणहरू प्रशस्त नै भेटिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।