२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो ।

भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।

“प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहेका छन्”, मिश्रले भने, “दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहार लागेसँगै मुस्लिम समुदायका २५.३० जनाले मात्र काम गर्नेछन् । छठपछि कामले तीव्रता पाउने छ ।” ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।

धुर्मुस(सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको महानगरले जनाएको छ ।

पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इञ्जिनियर मिश्रले जानकारी दिए । उनका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।

त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गरेका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिए । उनले भने, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।” जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमान्दार हुँदै काम गर्नुपर्ने उनले बताए ।

प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गरे । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उनले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उनले आग्रहसमेत गरे ।

दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राखेका थिए । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।