
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, ठिमुरास्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा काका-भतिजी घाइते भएका छन् ।
ना २८ प ४२६१ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक भरतपुर–१ बस्ने ३८ वर्षीय सोमबहादुर चेपाङ र निजका भतिजी ३ वर्षीया सोनाठी चेपाङ घाइते भएका हुन् ।
दुवै घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको र बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राप्ती । राप्ती नगरपालिका वडा नं–१०, खाम्टारमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
बा ४८ प २८८७ नम्बरको मोटरसाइकलको ठक्करबाट राप्ती–१० बस्ने कृष्णबहादुर विकका ४ वर्षीया छोरी प्रशंसा विक घाइते भएकी हुन् । घाइते बालिकाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा घाइतेका बुबा संलग्न रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार ठक्कर दिने मोटरसाइकल र चालक राप्ती–१०, धारापानी बस्ने २४ वर्षीय सुजन चेपाङलाई नियन्त्रणमा लिइएको छ ।





