
भरतपुर । होटल व्यवसायी संघ चितवनको अध्यक्ष ऋषिकेश अर्याल चयन भएका छन् । संघको शनिबार भएको २९औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर कार्की, उपाध्यक्षमा रामबहादुर गुरुङ, सावित्री घिमिरे, विकास गुरुङ, महासचिवमा कृष्णकुमार महतो, सचिवमा सन्देश चापागाई, कोषाध्यक्षमा पुजन कोइराला र सह कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा गंगा पराजुली, पिण्डराज केसी, नारायण जर्गा मगर, गनबहादुर श्रेष्ठ, लोकनाथ कँडेल (कृष्णपुर इकाइ), छविलाल चापागाई (भरतपुर इकाइ), ललिता श्रेष्ठ (माडी इकाइ), अर्जुन श्रेष्ठ (इच्छाकामना इकाइ), नविन कँडेल (नारायणगढ बजार इकाइ) चयन भएका छन् । नयाँ कार्यसमितिको पद हस्तान्तरण आगामी पुस २ गते हुने भएको छ ।
त्यसअघि, संघका निवर्तमान अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुखअतिथि रहेकी थिइन् ।
चितवन । नेपाली कांग्रेस चितवनले प्रतिनिधिसभा निर्वाचनका लागि चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारहरुको सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं–१, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिमा उमेदवारको सूची सिफारिस गरिएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । यस्तै, राष्ट्रिय सभातर्फ पनि कांग्रेस चितवनले उमेदवारहरु सिफारिस गरेको छ ।
चितवन क्षेत्र नं–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरिएको छ । जसमा राजेन्द्रप्रसाद बुर्लाकोटी, इन्द्रकमल बुढाथोकी, उत्तम आचार्य, कुमार कार्की, वासुदेव ढुङ्गाना, कृष्णप्रसाद सुवेदी, सुवासचन्द्र बराल, भरतप्रसाद खनाल, गोविन्द गौतम, दीवाकर अर्याल, ऋषिश्वर थपलिया र महिला कोटामा गीता देवकोटा रहेका छन् ।
यस्तै, समानुपातिकतर्फ ६ जनाको नाम अगाडि सारिएको छ । जसमा सुशीला उप्रेती, शेरबहादुर परियार, गोपाल गिरी, बुद्धिसेन चौधरी, शोभा अर्याल र लीलाभक्त उप्रेती रहेका छन् । राष्ट्रिय सभा सदस्यतर्फ मानबहादुर थापा र भीमप्रसाद थपलियाको नाम सिफारिस गरिएको छ ।
चितवन क्षेत्र नं–२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । जसमा जिल्ला सभापति राजेश्वर खनाल, देवेन्द्र गुरूङ, राजन कार्की, जीतनारायण श्रेष्ठ, विपेन्द्र रामुदामु (विपीन), गीताकुमारी गुरूङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मीनाकुमारी खरेल र विनोद ढकाल रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ । जसमा उमेश श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, डिलबहादुर नेपाली, देवकी गौतम, पार्वती शाह ठकुरी, इन्द्रमाया लामा, मिलनबाबु श्रेष्ठ, एलिजा अधिकारी, सुमित्रा अधिकारी, राजकुमार गुरूङ, कमलराज आचार्य, डोलराज रेग्मी, महेश बानियाँ र सूर्यप्रसाद श्रेष्ठ रहेका छन् । यस्तै, राष्ट्रिय सभातर्फ केशवराज कँडेल, शान्ति परियार, लक्ष्मी लामिछाने र ऋषिराज पाण्डेको नाम सिफारिस गरिएको छ ।
यस्तै, चितवन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । जसमा दिनेश कोइराला, अन्जनी श्रेष्ठ, लालबहादुर दवाडी, विजयराज शर्मा भुसाल, साजनकुमार महतो, बेलबहादुर गुरूङ, कैलाश कोइराला, भरत गुरूङ, पूर्णबहादुर गुरूङ, रामप्रसाद अधिकारी, सूर्य ढकाल, तारानाथ पौडेल र भरतप्रसाद सापकोटा रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस गरिएको छ । जसमा उमेश श्रेष्ठ, सबिता बराल, विष्णुमाया परियार, तारा गुरूङ, कमला रानाभाट, रेशम दराई, कृष्णबहादुर भुजेल, उमेशचन्द्र पौडेल, लक्ष्मीकान्त दवाडी, हरिचन्द्र महतो, दलबहादुर गुरूङ, अन्जना लामिछाने भण्डारी, वीरबहादुर लोहनी (विश्वकर्मा), राजकुमार तामाङ, दीपक लामा, मीनबहादुर विश्वकर्मा र अनिता गैरे घिमिरे रहेका छन् ।
यस्तै, राष्ट्रिय सभा सदस्यतर्फ टेकप्रसाद गुरूङ, चन्द्रध्वज गुरूङ, रामकृष्ण घिमिरे, तोपमानसिं गुरूङ, कृष्णबहादुर घले, कर्णबहादुर गुरूङ र शिवनारायण गुरौको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।
रत्ननगर । रत्ननगर जेसीजको २७औँ वार्षिक साधारण सभा तथा २६ औँ शाखा अधिवेशनले वर्ष–२०२६ का लागि अध्यक्षमा सविन मानन्धर निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी सुरेशजङ्ग पाण्डेसँग १ मत बढीले विजयी भएका हुन् ।
यस्तै, कार्यकारणी उपाध्यक्षमा सचितराज जोशी र रोशन काप्री निर्वाचित भएका छन् । उनीहरुका निकटतम प्रतिस्पर्धी रामप्रसाद शर्मा र ज्योतिप्रसाद भट्ट रहेका थिए । यसैगरी, उपाध्यक्षमा अन्जना जोशी, सौगात रिजाल, शौरभ दुवाडी र सुवास पोख्रेल सर्वसम्मत चयन भएका छन् ।
बाँकी रहेका पदाधिकारीहरु महासचिव, कोषाध्यक्षलगायतका मनोनित पदमा पदस्थापन तथा पद हस्तान्तरका दिन मनोनयन गरिने शाखा अध्यक्ष बाबुराम परियारले जानकारी दिए । युवामा नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि अहम् भूमिका खेल्दै आएको रत्ननगर जेसीजले सन् १९९९ देखि रत्ननगरलगायत पूर्वी चितवनमा १८ देखि ४० वर्ष उमेर समूहका युवामा नेतृत्व विकासको लागि कार्य गर्दै आइरहेको छ ।
नवनिर्वाचित अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा युवाको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।




