२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले तीन महिनाको सेवासुविधाबापतको रकमबाट राष्ट्रिय आधारभूत विद्यालय जमुनापुरका विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा मेयर सापकोटासहितका जनप्रतिनिधिहरुले उक्त सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै मेयर सापकोटाले भने, “मेयर हुनुअघिदेखि नै म समाजसेवामा लागिपरेको व्यक्ति हुँ, मेयर भएपछि यो जिम्मेवारीले मलाई अझ बढी अवसर दिएको छ । नगरपालिकाबाट मैले प्राप्त गर्ने तलबभत्ता पूर्णरुपमा समाजसेवामा खर्च गर्दै आएको छु । यो रकमबाट मैले व्यक्तिगत खर्च गरेको छैन, बरू आवश्यकता परेका ठाउँमा सहयोग पु¥याएको छु ।”

उनले पछिल्लो समय आफ्नो विषयमा केही व्यक्तिबाट नकारात्मक टिप्पणी र आलोचना भएको प्रसङ्ग पनि उठाए । उनले भने, “केही व्यक्तिहरुले मेरो कामका बारेमा नराम्रो टिप्पणी गरेका छन् । तर, यस्ता कुराले मलाई कुनै असर गर्दैन, बरू यस्ता टिप्पणीले मलाई अझ बढी ऊर्जा दिन्छ । म समाजसेवामा निरन्तर लागिरहन्छु र यो क्रम कहिल्यै रोकिँदैन, मेरो उद्देश्य केवल नगरवासीको हित र विकास हो ।”

कार्यक्रममा मेयर सापकोटाले आगामी शिक्षानीतिबारे पनि मह¤वपूर्ण जानकारी दिए । “हामी २०८३ सालदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने तयारीमा जुटेका छौँ । यो नगरपालिकाको ठूलो उपलब्धि हुनेछ र हाम्रा बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ”, उनले भने ।

विद्यालयका प्रधानाध्यापक झलकबहादुर अधिकारीले मेयर सापकोटाको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले विद्यालयमा हाल १२६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै भौतिक पूर्वाधारको सुधारका लागि नगरपालिकाको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नम्बर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नम्बर–४ का रामकुमार चौधरी, वडा नम्बर–६ का किरण महतो, वडा नम्बर–१० का कलाधर पौडेल, वडा नम्बर–८ का कृष्ण चौधरी, वडा नम्बर–९ का अनन्त अधिकारी र वडा नम्बर–१२ का सुन्दरमणि सुवेदीलगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन अनिता अर्यालले गरेकी थिइन् भने कार्यपालिका सदस्य चन्द्रकला पनेरुले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डकबहादुर गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् । उनले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरे ।

सभापति लामिछानेले भने, “निर्वाचनअघि जेनजी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा जेनजीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने हकमा सरकारसँग सधैँ खडा हुनेछ ।”

उनले सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए । सभापति लामिछानेले भने, “मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।”

देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राखे । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।