२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

गैँडाकोट । चौथो गैँडाकोट महोत्सव २०८२ मा सोमबार १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी महोत्सवको एकैदिन १९ हजार हजार बढी दर्शकले अवलोकन गरेका जनाइएको छ ।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो ।

सोमबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभई चितवन र तनहुँसहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेस्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक कँडेलले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत सोमबार चर्चित गायक राजनराज शिवाकोटीसहितका कलाकारहरुले प्रस्तुति राखेका थिए । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवअन्तर्गत सोमबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । यस्तै, नन्दु परियार, टीकासरा राना, सरिता गुरूङ श्रेष्ठलगायतले प्रस्तुति राखेका लम्सालले जानकारी दिए ।

मङ्गलबार महोत्सवको मुख्य आकर्षणको रुपमा चर्चित गायिका शान्तिश्री परियारलगायतका कलाकारको प्रस्तुति रहने लम्सालले बताए । मंगलबार महोत्सवमा शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापामगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने लम्सालले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।