२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

स्कटल्याण्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे । त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन जोडे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए । जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट झारेका थिए ।

चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको पक्षमा माहोल तातेको छ । भरतपुर महानगरपालिका–७ मा भएको घरदैलो अभियानमा मीना खरेलको पक्षमा बढ्दो जनसमर्थन देखिएसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

बिपीको योगदानको स्मरण गर्दै क्यान्सर अस्पतालमा बिपीको सालिकमा माल्यार्पण गर्दै भरतपुर–७ मा भएको घरदैलो अभियानमा मीना खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ ।

फागुन २१ को निर्वाचनको लागि निर्धारित औपचारिक प्रचारप्रसारको अवधि हिजो सोमबारबाट सुरु भएको छ । तर, पनि खरेलले आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा जाने क्रम यसअघि पनि भइरहेको थियो । उनले चितवन क्षेत्र नं २ अन्तर्गतका विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।

घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् । स्थानीय बासिन्दाहरूले पनि यसपटक विकासमुखी एजेन्डालाई प्राथमिकता दिने बताएका छन्। “वडाको समग्र विकास र सुशासन हाम्रो मुख्य चाहना हो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए ।

उम्मेदवार मीनाकुमारी खरेलले आफू सधैँ महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकी हुँ उनले भनिन्। मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूतिसमेत गरेकी छु। खरेलले भनिन्।

भरतपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवनको ३ नम्बरमा क्षेत्रमा ताराको पक्षमा माहोल देखिएको छ ।

भरतपुर महानगरकी निवर्तमान प्रमुखसमेत रहेकी रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट तारा चिह्न लिएर चुनावी मैदानमा छन् । यही क्षेत्रमा रास्वपाकी सोविता गौतम, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ प्रतिद्वन्द्वी छन् । त्यसो त यही क्षेत्रमा अघिल्लो निर्वाचनमा जितेको राप्रपाबाट दीपक थापा र नेकपा एमालेबाट शंकर थपलियाको पनि उमेदवारी छ ।

फागुन २१ को निर्वाचनको लागि निर्धारित औपचारिक प्रचारप्रसारको अवधि सोमबारबाट सुरु भएको छ । तर, पनि उमेदवारहरु आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा जाने क्रम यस अघि पनि भइरहेको थियो ।

गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी तारा चिह्नबाहक उमेदवार रेनु दाहाल आफू महानगर प्रमुख हुँदा गरेको विकास निर्माणको काम जस्तै संघीय संसद् भएपछि निभाउनुपर्ने भूमिकामा कत्ति पनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै आएकी छन् ।

भरतपुर महानगरको सडक सञ्जाल, निकुञ्ज किनारको बस्तीमा गरिएको मेसजाली फाउन्डेसन लगायत नारायणी नदी तटबन्धजस्ता ठूला योजना पार्न र ती योजनाको काम सम्पन्न गर्ने विषयमा उनले गरेको पहलकदमीको खुलेर प्रसंसा पाएकी छन् । उनले पनि महानगर प्रमुखमा रहँदा आफुले आमनागरिक र आफ्नो टिमबाट पाएको सहयोग र समर्थन आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै तारा चिह्नमा मत मागेकी छन् ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ र माडी नगरपालिकाका नौ गरि २८ वडाहरु छन् । कुनै पनि वडा नछुटाउने गरी घरदैलो अभियान तय गरिएको रेनु दाहालको चुनावी सचिवालयले जनाएको छ ।

मतदातामाझ हाइहाइ पाइरहेकी दाहालले मतदातामाझ आफूले महानगरको नौवर्षेे नेतृत्व र निभाएको भूमिकालाई भोट बैंकको रुपमा प्रयोग गरेकी छन् । हुन पनि महानगरको जिम्मेवारीमा गरेको कामले उनी चितवन मात्र नभएर देशविदेशमा समेत हाइहाई कमाइसकेकी छन् । विकासवादी मेयरको पदवी पाएकी छन् ।

उनी चुनावमा आफ्नो जीत हुनेमा पूर्ण आशावादी छन् तर पनि भन्छिन, ‘हिजो म महानगर प्रमुख हुँदा कार्यकारी भूमिकामा थिंए । अबको चुनाव पछि हारे पनि जिते पनि मेरो भूमिका भनेको कार्यकारी भन्दा पनि आम नेपालीको हितमा ऐन नियम कानुन बनाउने र त्यसको कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने हो । म तपाईंहरुको हितको लागि जुनसुकै बेला तयार छु ।’

जिल्लाको बस्तुस्थितिबारे आफू नयाँ र नौलो अनुहार नभएको बताउँदै उनले भनिन्, ‘यहाँका समस्या भनेको निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, प्राविधिक शिक्षाजस्ता विषयले मह¤व राख्छ । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई पनि कम आकलन गर्न मिल्दैन ।’

देशको समृद्धिसँग जोडिएको शिक्षा, स्वास्थ्य र रोजगारीका विषय देशभरकै समस्या हुन् । निकुञ्ज ऐनको कारण चितवनको विकास र निकासमा परेको समस्या समाधानको लागि ऐनमा संसोधन आवश्यक रहेको उनले बताइन् । यी र यस्ता समस्यामा नीतिगत तहमै निर्णय हुनुुपर्ने उनको जोड छ । त्यसका लागि आफूले तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले बताइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।