
चितवन । चितवन क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार मीना खरेलले आफ्नो जीवन सधैँभरि समाजका लागि सुम्पिएको बताउँदै अबको बाँकी यात्रा देश र जनताको लागि समर्पित गर्नका लागि चुनावी प्रतिस्पर्धामा आएको स्पष्ट पारेकी छन् ।
उमेदवार खरेलले सोमबार चितवनका पत्रकारहरसँग भेटघाटका क्रममा अबको जीवन देश र जनताका लागि समर्पित गर्न चाहेको बताएकी हुन् । उनले भनिन्, ‘अहिलेसम्म असहायको लागि काम गरेँ, अब देश र जनाको लागि समर्पित भएर काम गर्न चाहन्छु ।’
अहिले देशको विषम परिस्थितिमा जनताको घरदैलोमा पुग्नसक्ने एकमात्र उमेदवार आफू भएको भन्दै उनले जनताका प्रतिनिधि भेट्न चुनाव कुर्नुपनै अवस्था आउन नदिने विश्वास व्यक्त गरिन् ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै उनले भनिन्, ‘अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन ।’ उनले थपिन्, ‘समाजको काममा नथाकेको म अब देशको काममा थाक्छु भन्ने लाग्दैन ।’
अहिले आफना मुद्दाहरु जनताको भावनाअनुसार रहेकाले आफू र सिंङ्गो कांग्रेस जनताको जनजीविकाका लागि सधैँ लाग्ने उनले बताइन् । बदलिएको कांग्रेस अब जनतामाझ बदलिएर आएको भन्दै उनले आफ्नो प्रतिस्पर्धी कोही नरहेको बताइन् ।
अहिले कांग्रेसको नेतृत्व गरेका गगनकुमार थापा आफैँमा युवा पुस्ताको भावनाअनुसार नेता चल्ने भएकाले सबै एकजुट भएर विजयी गराउन आग्रह गरिन् ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले कांग्रेस अहिले नयाँ नेतृत्व र नयाँ नीतिका साथ आएकाले सबै एक भएर कांग्रेसका उमेदवारलाई जिताउन आग्रह गरे ।
चितवन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आज फागुन ११ गते सोमबार शैक्षिक मेला ‘एक्सपर्ट एज’ आयोजना गर्दैछ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म चल्ने छ ।
युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा परेका छन् भने त्यसलाई मेटाउन यो मेला निकै फलदायी हुने एक्सपर्ट चितवनका अपरेसन म्यानेजर किरण पौडेलले बताए ।
मेलामा आउने विद्यार्थीका लागि हात खाली नजाने उपहार योजना पनि एक्सपर्टले अघि सारेको छ । मेलामा उपस्थित भएकै आधारमा हरेक विद्यार्थीले आइएलटिएस वा पिटिई पढ्न चाहेमा एघार सय एघार रुपैयाँ छुट पाउने छन् भने पिटिईका लागि ४ वटा मकटेस्ट निःशुल्क पाउने छन् । त्यस्तै आइएलटिएस परीक्षा शुल्कमा विशेष छुट पनि दिइने छ । त्यस्तै राइनो क्रुजसिपको टिकेट, क्याफेको डिस्काउन्ट भौचर, स्केटिङ टिकेट तथा एक्सपर्टको लोगो अङ्कित विभिन्न उपहार पनि दिइने एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।





