
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोविता गौतम चितवन–३ बाट ५९ हजार २७७ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याएकी छन् । सोविता ३८ हजार ६६२ मतान्तरले निर्वाचित भएकी हुन् ।
चितवन(३ मा कांग्रेसका टेकप्रसाद गुरूङको ८ हजार ३४४, एमालेका शंकर थपलियाको ५ हजार ४ र राप्रपाका उम्मेदवार रहेका दीपक थापा मगरको एक हजार २२६ मत आएको् छ । चितवन–३ मा एक लाख ५३ मत खसेको थियो ।
चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् ।
यस्तै, नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले चार हजार ४६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।
लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै, सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।
यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी थिए ।
खैरहनी । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन् । ढकालले बुर्लाकोटीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।
यस्तै, अन्य उम्मेदवारमध्ये नेकपा (एमाले)का दावादोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलराम शर्माले २ हजार ३०२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ९६ हजार १५४ मत खसेको थियो ।





