२०८३ बैशाख १३ आईतवार
२०८३ बैशाख १३ आईतवार

भरतपुर । लेखक तथा पत्रकार वसन्त पराजुलीको ’बखान’ उपन्यासमाथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाले आइतबार नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरूङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्तरूपमा चित्रण गरिएको छ ।

पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक मिलन समीरले बखान उपन्यास बखानसिंह गुरूङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए । ‘बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ’, समीरले भने, ‘चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।’

कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरूङले पुर्‍याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए ।

कार्यक्रममा नेपाल शिक्षक सङ्गठनका पूर्वकेन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरूङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए ।

कार्यक्रमलाई कवि एवम् निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि ‘कुमाता’, ’मोम्चो’ र ‘ड्रिमी आइज’ कथासङ्ग्रह प्रकाशित छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।