२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

रत्ननगर । रत्ननगर कलेजले विष्णु पुरीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ । कलेजले हालै एक औपचारिक कार्यक्रमको आयोजना गरी सञ्चालक समितिका अध्यक्ष वासुदेव पोखरेल, सञ्चालक मदन पुरी, प्राचार्य शिव सुवेदीको उपस्थितिमा पुरीलाई नियुक्तिपत्र प्रदान गरिएको हो ।

कलेजले २०७० सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत चारवर्षे ब्याचलर अफ बिजनेस स्टडिज कार्यक्रम सञ्चालन गर्दै आएको छ । परम्परागत विश्वविद्यालयीय शिक्षासँगै ई–कमर्स, डिजिटल मार्केटिङ, सोसल कमर्स, मार्केट प्लेस म्यानेजमेन्ट, रिटेल टेक्नोलोजी, एआई फर बिजनेस तथा अन्टप्रेनरसिपलगायतका व्यावहारिक तथा उद्योगमुखी सीप विकास कार्यक्रमहरु क्रमशः सञ्चालन गर्ने योजना कलेजले बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पुरीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र युनिभर्सिटी अफ ग्रिनबिच लन्डनबाट व्यापार प्रशासनमा गरी दुईवटा विषयमा स्नातकोत्तर हासिल गरेका छन् । उनको नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शिक्षा, उद्यमशीलता, ई–कमर्स तथा व्यवस्थापनका क्षेत्रमा अनुभव छ ।

नियुक्ति लिएपछि पुरीले विद्यार्थीहरुलाई व्यावहारिक तथा उद्योगमुखी सीप प्रदान गरी ‘पढ्दै, कमाउँदै’को अवधारणाअनुसार अध्ययनसँगै आम्दानी गर्न सक्ने क्षमताको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।