२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै मंगलबार राति ८ः०० बजेदेखि बुधबार बिहान ५ः०० बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

सूचनामा नारायणगढ–मुग्लिन सडकअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सो सडकमा मंगलबार दिउँसो तीनपटक पहिरो पन्छाएर सवारीआवगमन सञ्चालन गरिएको थियो । सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो । मुग्लिनबाट सात सय मिटर नारायणगढतर्फ खहरे पुलमा ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ ।

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । मंगलबार बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए । पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ ।

यो सडक काठमाडौँको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

भरतपुर । चितवनको भरतपुरस्थित चितवन मानवसेवा आश्रमले ११२ जनालाई पुर्स्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसहारामध्ये उनीहरुको परिवारसँग पुनर्स्थापना गरिएको हो ।

भरतपुर महानगरपालिका–९ मा रहेको सो आश्रम विसं २०७२ भदौबाट सञ्चालन गरिएको थियो । आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ ।

घरबारविहीन जटिल बिरामी भएर अशक्त भएका बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँ ल्याउने गरिएको छ । चितवन मेडिकल कलेजले स्थापनादेखिनै सबै उपचार निःशुल्क गर्दै आएको छ । अध्यक्ष ढकालले भने, ‘सघन उपचार कक्षदेखि आवश्यक पर्ने शल्यक्रियालगायतका सबै उपचार कलेजले गर्ने गरेको छ ।’

जटिल अवस्थामा भेटिएकालाई उपचार हुने भएकाले सिमसीमा पठाउने गरिएको छ । अहिले आश्रममा दुई जना बालबालिकासहित ४५ जना आश्रित छन् । दाताहरुको भरमा आश्रम सञ्चालित छन् । महिनामा दुई चार दिनबाहेक अधिकांश दिनमा दाताहरुले जन्म, वैवाहिक वर्षगाँठ, मृत्यु, पुण्यतिथि, स्थापना दिवसलगायतका अवसरमा व्यक्ति र सङ्घसंस्थाले खाना खुवाउने गरेका छन् । कतिपयले लत्ताकपडा र अन्य सहयोग पनि गर्ने गरेको उनले जानकारी दिए ।

आश्रममा बिहान र बेलुका स्वास्थ्यकर्मी परीक्षण एवं नियमित औषधि खुवाउने गरेका छन् । त्यहाँ पाँच जना कर्मचारीले उनीहरुको सेवा गर्दै आएका छन् । आश्रममा नै रहेका तन्दुरुस्त र गर्न सक्नेहरुले काममा समेत सघाउने गरेका छन् । आश्रममा रहेका दुई बालकलाई स्थानीय निजी स्कुलमा पढाइएको छ । एक महिनामा रु तीन लाख हाराहारी खर्च हुने गरेको छ ।

यस वर्ष बागमती प्रदेश सरकारले केही सहयोग गरेको भन्दै उनले कहिलेकाँही वडा कार्यालयसमेतले सहयोग गर्ने गरेको छ । ठूलो खर्च दाता र चिनाजानका सामाजिक व्यक्तित्व र आश्रम सञ्चालकले नै नियमित बेहोर्ने गरेका छन् । उनीहरुको स्वास्थ्य बिमा यसअघि बागमती प्रदेशले गरेकोमा अहिले नवीकरणको चरणमा रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।