२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

चितवन । क्यानडामा बसेर नेपाली सङ्गीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो । यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन्।

गीतमा प्रेम, युवापुस्ताको आकर्षण र ‘नाइटलाइफ’लाई रोचक ढंगले प्रस्तुत गरिएको छ। क्याची कोरस र ऊर्जावान् बीट रहेको यस ट्र्याकमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। गीतमा गायिका सेरेनले स्वरमा साथ दिएकी छन् ।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको यस ट्र्याकमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको सुन्दर मिश्रण सुन्न सकिन्छ।

हरि हुमागाईंको निर्देशनमा तयार पारिएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय देख्न सकिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।