
रत्ननगर । रत्ननगरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १०३ युनिट रगत सङ्कलन भएको छ । रसुवामा आएको बाढीमा घाइते भएर उपचार गराइरहेका विरामीहरुका लागि आकस्मिक रक्तदान कार्यक्रम गरिएको हो । रत्ननगरका मेयर प्रलाद सापकोटासहित जनप्रतिनिधि र सर्वसाधारणले रक्तदान गरेका थिए ।
ब्लड डोनर्स सोसाइटी रत्ननगर, लायन्स क्लब अफ रत्ननगर पिस, लायन्स क्लब अफ चितवन टाइगर्स, पूर्वी चितवन वितरक संघ र भक्ति भजन नेपालको संयुक्त आयोजना तथा गैरीबारी रिसोर्ट सौराहा, योगदान राष्ट्रका लागि, नेपाल बजार बिक्री प्रतिनिधि संघ, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, हाम्रो दृष्टि राम्रो दृष्टि, पिठुवा दुग्ध उत्पादक सहकारी संस्था, शान्तिकुञ्ज डेरी उद्योगको सहयोगमा कार्यक्रम गरिएको हो ।
बाढीमा घाइते भएर उपचार गराइरहेका बिरामीहरुका लागि हुन सक्ने रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष शिवप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रममा योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थामा आबद्ध २१ जनाले रक्तदान गरेका छन् ।





