२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

भरतपुर । चितवनको भरतपुरमा रहेको आरम्भ कलेजले स्नातक तह पहिलो सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक जिल्ला प्रथम (चितवन टपर) बन्न सफल भएको छ । कलेजका विद्यार्थीहरूले बिएचएम र बिआइटिएम दुवै सङ्कायमा उत्कृष्ट जिपिए हासिल गर्दै यो सफलता दर्ता गराएका हुन् ।

सार्वजनिक नतिजाअनुसार बिएचएम सङ्कायमा ३.९२ जिपिए र बिआइटिएम सङ्कायमा ३.९५ जिपिए ल्याएर आरम्भ कलेजका विद्यार्थीहरू जिल्लामै सर्वोत्कृष्ट बनेका हुन् । साथै, कलेजकी छात्रा सुहानाले ३.९५ जिपिएका साथ देशभरिकै कुल नतिजामा नेपाल पाँचौँ स्थान हासिल गर्न सफल भएकी छन् ।

कलेजको चौथो ब्याचको अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रमका अवसरमा बोल्दै आरम्भ कलेजका प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको यो अभूतपूर्व सफलताप्रति गौरवान्वित हुँदै खुसी व्यक्त गरे ।

‘हाम्रा भाइबहिनीहरूले निरन्तर मेहनत गरेर कलेजलाई चौथोपटक चितवन टपर बनाएका छन् । जिल्ला टपर मात्र नभई नेपालभरिमै पाँचौँ स्थान हासिल गर्नु सिङ्गो चितवनवासीकै लागि गौरवको विषय हो’, प्राचार्य शिवाकोटीले भने, ‘चितवनलाई कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अब्बल ठहरिने जुन सपना हाम्रा विद्यार्थीहरूले देखेका थिए, त्यो आज साकार हुँदै गएको छ ।’

उच्च शिक्षाका लागि काठमाडौँ वा विदेश नै धाउनुपर्ने बाध्यतालाई यो नतिजाले चिरेको प्राचार्य शिवाकोटीको भनाइ छ । उनले थपे, ‘गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन) का लागि अब चितवन छोडेर काठमाडौँ वा विदेश गइराख्नु पर्दैन भन्ने कुरा हाम्रा विद्यार्थीहरूले साबित गरिदिएका छन् । आरम्भ कलेजले शिक्षाको त्यो गुणस्तर र मानक (स्ट्यान्डर्ड) चितवनमै स्थापित गरेको छ ।’

चौथो ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनले अग्रजहरूले कायम गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आफ्ना सपनाहरू साकार पार्न प्रेरणा र शुभकामना व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।