२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जङ्गली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जअन्तर्गत बीसहजारी तालनजिकैको घोलमा हात्ती मृत अवस्थामा फेला परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार मृत फेला परेको हात्ती चर्चित जङ्गली हात्ती ‘रोनाल्डो’ भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा विस्तृत विवरण सङ्कलनका लागि निकुञ्जको प्राविधिक एवम् संरक्षण टोली घटनास्थलतर्फ गइसकेको छ ।

रोनाल्डो विगत लामो समयदेखि सौराहास्थित सरकारी हात्तीसार आसपासका क्षेत्रमा आउने–जाने गर्दथ्यो । यसअघि सो हात्तीको आक्रमणबाट करिब दुई दर्जन मानिसले ज्यान गुमाइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

हात्तीको मृत्युको वास्तविक कारण भने निकुञ्जको टोलीले घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मात्रै खुल्ने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।