२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

कांग्रेस चितवन क्षेत्र नं–१ द्वारा उमेदवारहरूको नाम सिफारिस

रत्ननगर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं–१ ले आगामी संघीय निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभा सदस्य पदका लागि उमेदवारहरूको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं–१ का प्रवक्ता राजन अधिकारीका अनुसार, पार्टीको विधान र केन्द्र्र तथा प्रदेश कार्यसमितिको निर्देशनबमोजिम मङ्सिर २३ गते बसेको बैठकले विभिन्न पदका लागि आकाङ्क्षी उम्मेदवारहरूको नामावली सर्वसम्मतरूपमा माथिल्लो निकायमा पठाएको हो ।

प्रवक्ता अधिकारीले दिएको जानकारीअनुसार, संघीय निर्वाचनको प्रत्यक्षतर्फ (पुरुष) ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा महासमिति सदस्य राजेन्द्र प्रसाद बुर्लाकोटी, कांग्रेस क्षेत्रीय सभापतिका प्रत्यासी इन्द्रकमल बुढाथोकी, महासमिति सदस्य उत्तम आचार्य, बागमती प्रदेश कार्यसमिति सदस्य कुमार कार्की, महासमिति सदस्य वासुदेव ढुङ्गाना, पूर्वमहासमिति सदस्य कृष्णप्रसाद सुवेदी, प्रदेश अधिवेशन प्रतिनिधि सुवासचन्द्र बराल, पूर्वमहाधिवेशन प्रतिनिधि भरतप्र्रसाद खनाल, प्रदेश सभा क्षेत्रीय सभापति (ख) गोविन्द गौतम, महाधिवेशन प्रतिनिधि दीवाकर अर्याल र कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिका सभापति ऋषिश्वर थपलिया रहेका छन् ।

यस्तै, संघीय निर्वाचन प्रत्यक्षतर्फ महिला कोटामा महासमिति सदस्य गीता देवकोटाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने ६ जनाको नाम अगाडि सारिएको छ । जसमा महासमिति सदस्य सुशीला उप्रेती, महाधिवेशन प्रतिनिधि शेरबहादुर परियार, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय महामन्त्री गोपाल गिरी, क्षेत्रीय सदस्य बुद्धिसेन चौधरी, नेपाल महिला संघ जिल्ला सदस्य शोभा अर्याल र कांग्रेस पूर्वजिल्ला उपसभापति लीलाभक्त उप्रेती रहेका छन् ।

यसैगरी, राष्ट्रिय सभा सदस्यतर्फ दुई जनाको नाम सिफारिस भएको छ । जसमा पेसागत एवम् बुद्धिजीवी केन्द्रीय विभाग सदस्य मानबहादुर थापा र पूर्वमहासमिति सदस्य भीमप्रसाद थपलिया रहेका छन् । क्षेत्रीय सभापति किरणभूषणसिंह ओलीद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका सम्पूर्ण नामहरू समान प्राथमिकता र समान हैसियतमा राखी केन्द्रमा पठाइएको व्यहोरा उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।