२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कालिका–५ मा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम

कालिका । कालिका नगरपालिका वडा नं–५ मा महिलालाई लक्षितगरी सञ्चालित सातदिने मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । सीमान्तकृत महिलाहरूको जीविकोपार्जन सुधार तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

सीमान्तकृत महिलाहरूको जीविकोपार्जन तथा आर्थिक सुधार परियोजनाअन्तर्गत करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग, कालिका नगरपालिकाको समन्वय तथा नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजनामा तालिम दिइएको हो । एड्वानले कालिका नगरपालिकाभित्र विभिन्न चरणमा महिलामुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुखअतिथि कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराईले महिलालाई आत्मनिर्भर बनाउने यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउँदै महिलाहरुले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले वडा कार्यालयबाट पनि आवश्यक सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले सीमान्तकृत महिलाको आर्थिक सशक्तीकरण गर्नु नै संस्थाको मुख्य लक्ष्य रहेको बताउँदै तालिमले महिलालाई उद्यमशील बनाउने विश्वास व्यक्त गरिन् ।

कालिका नगरपालिकाका अधिकृत प्रकाशचन्द्र पौडेलले स्थानीय सरकारले उत्पादनमुखी तथा महिलामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषिमार्फत आत्मनिर्भरता बढाउने कार्यमा नगरपालिकाको साथ र सहयोग रहने बताए ।

सहजकर्ता कमला पन्थीका अनुसार तालिममा मौसमी तथा बेमौसमी तरकारी, लहरेबाली खेतीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । तालिममा प्रशिक्षक शिवराज पौडेल, कालिका नगरपालिकाका कृषि अधिकृत सन्तोष न्यौपाने, कार्यक्रम निर्देशक कमलबाबु परियार, एडवानका पूर्वी सेक्टर सहजकर्ता सुनिता दराईलगायतको उपस्थिति रहेको थियो ।

तालिमपश्चात् महिला उद्यमी समूहलाई बीउ पुँजीस्वरूप १२ हजार ५०० रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।