२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर महोत्सवको तयारी तीव्र

रत्ननगर । रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सवको तयारी तीव्र पारिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेबाट महोत्सव सुरू हुँदैछ । महोत्सवको आन्तरिक तथा स्टल निर्माणको कामलाई तीव्र पारिएको संघका अध्यक्ष तथा मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

यो महोत्सवको १३औँ संस्करण हो । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव जिल्लाकै गौरव र गरिमामय प्रस्तुतिका रुपमा हरेक दुई/दुई वर्षमा आयोजना हुँदै आएको छ । महोत्सवमा जिल्लाको आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई जोड दिँदै आएको संघका अध्यक्ष गिरीले बताए ।

महोत्सवले स्थानीय कला–संस्कृति तथा परम्परागत खानाको प्रवर्द्धन तथा कृषि क्षेत्रको विकासमा मह¤वपूर्ण योगदान दिँदै आएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष गिरी संयोजक रहेको मूल व्यवस्थापन समिति र ३७ वटा उपसमिति बनाइएको छ । महोत्सवमा ४५० वटा स्टलहरु रहने छन् ।

जेनजी आन्दोलनका कारण सुस्ताएको आर्थिक क्षेत्रलाई महोत्सवले चलायमान गराउने संघका अध्यक्ष गिरीले बताए । ‘आर्थिक मन्दी र त्यसलगत्तै भएको जेनजी आन्दोलनका कारण जिल्लाको आर्थिक क्षेत्र तहसनहस रहेको छ’, उनले भने, ‘रत्ननगरमा हुने महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने छ ।’ उनले महोत्सवले समग्र जिल्लाको आर्थिक विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा कृषि परिसर, अटो परिसर, महिला हस्तकला परिसर तथा व्यापारिक स्टलहरु रहने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक निराजन खनालले बताए । महोत्सवलाई भव्य बनाउन सुझबुझका साथ तयारी तीव्र पारिएको उनले बताए ।

स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि तथा मल, बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । यसपटकको महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिने तयारी गरिएको छ । महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको संघका महासचिव उपेन्द्र शर्मा आचार्यले जानकारी दिए ।

महोत्सवअन्तर्गत परम्परागत खानाको प्रवर्द्धनका लागि फुड फेस्टिबलसमेत आयोजना गरिने छ । फुड फेस्टिबल सौराहा चोक र टाँडी चोकको बीचमा रहेको रत्ननगर बसपार्कमा पुस २९ गतेदेखि माघ ३ गतेसम्म हुने संघका पूर्वअध्यक्ष तथा फेस्टिबलका संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

टिकौलीमा महोत्सव सञ्चालन हुँदा टाँडी बजारमा चहलपहल कम हुने भएकाले बजारको प्रवर्द्धनका लागि फुड फेस्टिबल आयोजना गरिएको हो । फेस्टिबलमा स्थानीय तथा परम्परागत खानाका परिकारहरु पस्किने उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।