२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

कवि भुसालको अभिशप्त समयको विमोचन

रत्ननगर । वाल्मीकि साहित्य सदन रत्ननगरको आयोजनामा रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘अभिशप्त समय’को विमोचन गरिएको छ ।

वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको सभापतित्व एवम् भरतपुर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समालोचक प्रा. कपिल अज्ञात र केशवराज आमोदीले विमोचित कृतिको समालोचना गरेका थिए ।

कार्यक्रममा रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ, समालोचक उदय अधिकारी, धनराज गिरी, भवानी अधिकारी, पूर्वनगरप्रमुख नारायण वन, ज्वाला वन, गोपालराज कर्माचार्य, लीला दाहाल, दुर्गा घिमिरेलगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए ।

सो अवसरमा कविका बाबुआमा कमल शर्मा भुसाल र लक्ष्मी भुसाललाई सम्मान गरिएको थियो । तिलकराज शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन राजेन्द्र घायलले गरेका थिए । समसामयिक घटनालाई समेटेर कवि भुसालले अभिशप्त समयमा ९७ वटा कविता सङ्कलन गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।