२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको माहोल रचना रिमालले तताएकी छन् ।

बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्चअगाडि जम्मा भएर उनलाई साथ दिएका थिए । ‘फोटो फिरिममा’ बोलको गीत गाएर सांस्कृतिक प्रस्तुति सुरु गरेकी रिमालले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।

बुधबार महोत्सवमा रचना रिमालसँगै चर्चित लोकदोहोरी गायक प्रजापति पराजुली, उमादेवी खनाल, जादुगर बलराम सरकार, वन्दना विश्वकर्मालगायतको प्रस्तुति रहेको लम्सालले बताए । यस्तै, विभिन्न स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका लम्सालले जानकारी दिए । उनका अनुसार बिहीबार महोत्सवमा चर्चित कलाकार पशुपति शर्मा, दुर्गा सापकोटा, सुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने लम्सालले बताए ।

बुधबार करिब नौ हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । उनका अनुसार बुधबारसम्म करिब एक लाख ८० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए ।

कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा बालउद्यानसहित २५० बढी स्टल रहेको महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको सापकोटाले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।