भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, घुमाउनेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा शुक्रबार बिहान ३ः१० बजेको समयमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार यात्रु ३८ जना घाइते भएका हुन् । ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
दुर्घटनामा घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुर, पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुर, मौलाकालिका अस्पताल भरतपुर र जनता केयर अस्पताल मुग्लिनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरुमा दाङको लमही नगरपालिका–१ बस्ने ३३ वर्षीय गणेश चौधरी, २१ वर्षीया रुपा चौधरी, राप्ती गाउँपालिका–५ बस्ने २४ वर्षीया माधुरी चौधरी र सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने २१ वर्षीय दिनेश चौधरी रहेका छन् ।
यस्तै, पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरुमा दाङको गढवा गाउँपालिका–३ बस्ने ३१ वर्षीया सीमा चौधरी, गढवा गाउँपालिका–५ बस्ने १८ वर्षीय अभिषेक चौधरी, २१ वर्षीय सम्राट चौधरी, घोराही–१८ बस्ने ३६ वर्षीय शालिग्राम खत्री क्षेत्री, दाङको शान्तिनगर गाउँपालिका–२ बस्ने ६९ वर्षीय शालिग्राम शर्मा, ३७ वर्षीया माया चौधरी, लमही नगरपालिका–२ बस्ने ३२ वर्षीय निर्मल चौधरी, लमही नगरपालिका–२ बस्ने ३१ वर्षीया गीता चौधरी, १९ वर्षीय आवास चौधरी, ३२ वर्षीय राजु चौधरी, दाङको गढवा गाउँपालिका–२ बस्ने ३२ वर्षीय लिखुराम चौधरी, दाङको घोराही–१८ बस्ने ३१ वर्षीय बाबुराम थापा र ४० वर्षीय शुभराम वाग्ले रहेका छन् ।
यस्तै, मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरुमा सल्यानको छत्रेश्वरी–५ बस्ने १८ वर्षीया लीला कवर मगर, २१ वर्षीय रमेश कवर मगर, दाङको गढवा–२ बस्ने २७ वर्षीया मीना चौधरी, ३० वर्षीय विष्णु चौधरी, २२ वर्षीया सन्ध्या बफ्रेल, लमही नगरपालिका–२ बस्ने २१ वर्षीय प्रकाश चौधरी, दाङको घोराही–१६ बस्ने ६० वर्षीय फणेन्द्र पछाई, दाङको नारायणपुर बस्ने ६० वर्षीया उमा गौतम, घोराही बस्ने ४१ वर्षीया शान्ति हमाल, १० वर्षीया प्रमिशा हमाल, रोल्पाको होलेरी बस्ने ५० वर्षीय विष्णु बस्नेत, नुवाकोटको पञ्चकन्या–६ बस्ने ४० वर्षीया सुनिता तामाङ, ४२ वर्षीय सुकमान तामाङ, ४५ वर्षीय बुद्धिबहादुर तामाङ र २० वर्षीय सन्देश तामाङ रहेका छन् ।
यसैगरी, जनता केयर अस्पताल, मुग्लिनमा उपचाररत घाइतेहरुमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष ३५ वर्षीय चेतलाल खत्री, दाङको घोराही–१७ बस्ने २४ वर्षीय दिनेश चौधरी, दाङको घोराही–१० बस्ने २९ वर्षीय चक्र सिंह, दाङको गढवा–२ बस्ने २६ वर्षीय श्रीराम चौधरी र बस चालक दाङका ३४ वर्षीय सुभाष ओली र बस चालक (दुर्घटनाको समयमा चलाउने) दाङको लमही–२ बस्ने वर्ष २६ वर्षीय विपीन चौधरी रहेका छन् ।






