२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर–१ मा नेपाली कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय उद्घाटन

रत्ननगर । नेपाली कम्युनिस्ट पार्टीको रत्ननगर–१ स्थित चुनावी सम्पर्क कार्यालय बकुलहर चोकमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन प्रदेश सभा सदस्य कृष्ण खनालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा चितवन–१ का उमेदवार डा. कृष्णराज पन्तको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खनालले नेपाली कम्युनिस्ट पार्टी विकास, सुशासन र जनउत्तरदायी राजनीतिमा प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै आगामी चुनावमा जनताको विश्वास जित्ने गरी अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

उमेदवार डा. पन्तले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधान खोज्ने अभियानलाई तीव्र बनाइने पनि जानकारी दिए ।

उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।