२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

जहाँ पुग्छिन् मीना खरेल, त्यहीँ बर्सिन्छ अथाह माया

भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उमेदवार मीनाकुमारी खरेलको घरदैलो अभियान उत्साहजनक बन्दै गएको छ । खरेल प्रत्यक्षरूपमा मतदाताको घर, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रमहरूमा निरन्तर सक्रिय रहेकी छन् । घरदैलो अभियानमा खरेल जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाहरूको अथाह माया, आत्मीय स्वागत र समर्थन पाउँदै आएकी छन् ।

उनले विगतमा लामो समय समाजमा गरेका काम र समाजलाई पुर्‍याएको योगदानका कारण मतदाताबाट यति धेरै साथ, माया, हौसला र आशिर्वाद पाइराखेकी छन् । खरेल निर्वाचनमा सहभागी भएदेखि नै दिनरात नभनी खटिएर चितवन क्षेत्र नं २ का विभिन्न ठाउँहरुमा मतदाता भेट्न पुगिरहेकी छन् ।

सोही क्रममा बिहीबार इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार, केबलकार बजार, भरतपुर–२९ स्थित सिमलताल, भतेरीलगायतका ठाउँहरुमा पुगेकी थिइन् । सो कार्यक्रममा हजारौँको संख्यामा मतदाताहरुको उपस्थिति रहेको थियो ।

उनको अभियानमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । स्थानीय बासिन्दाहरू भन्छन्, ‘उहाँ हाम्रो सुख–दुःखमा साथ दिनुहुन्छ, त्यसैले हामी उहाँलाई साथ दिन तयार छौँ ।’ यही आत्मीय सम्बन्धका कारण धेरैले उनलाई ‘जनताको उमेदवार’का रूपमा चिन्ने गरेका छन् ।

घरदैलो अभियानका क्रममा एक मतदाताले भावुक हुँदै भनिन्, ‘मीना दिदीलाई मैले लामो समयदेखि देख्दै र बुझ्दै आएकी छु । उहाँ देवीसरह हो, चितवनको छोरी हो, सबैको आमा हो, उहाँजस्तो छोरी जोसुकै हुँदैनन् । गरिब, दुःखी, असहायको सहयोग र संरक्षणका लागि पनि उहाँको जीत हुन आवश्यक छ । त्यसैले हामी उहाँलाई सहयोग गर्छौं र बहुमतका साथ जिताउँछौँ ।’

खरेलले मतदाताबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन् । उनले भनिन्, ‘मैले कल्पनासमेत नगरेका व्यक्तिहरुको उपस्थितिले मलाई थप हौसला मिलेको छ, यही माया, विश्वास र साथले अब हाम्रो जीत सुनिश्चित भएको महसुस गरेको छु । तपाईंहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा लिँदै आएकी खरेलले विकासका काममा सबै पक्षसँग सहकार्य गर्ने बताएकी छन् । ‘म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ’, उनले भनिन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उनको अभियान तीव्र बन्दै गएको छ भने उनको अभियानमा उत्साह थपिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।