२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

चितवनमा ६४.१२ प्रतिशतले गरे मतदान

भरतपुर । बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ मा चितवनमा ६४ प्रतिशतभन्दा धेरै मत खसेको छ । चितवनको तीन क्षेत्रमा गरी कुल २ लाख ८३ हजार ४ सय २८ अर्थात् ६४.१२ प्रतिशत मत खसेको हो ।

जिल्लास्थित निर्वाचन कार्यालयले निकालेको तथ्याङ्कअनुसार ४ लाख ४४ हजार २ सय ८२ मतदाता रहेका थिए । जसमा तीनवटै क्षेत्रमा गरी १ लाख ५१ हजार १ सय ३५ महिला र १ लाख ३२ हजार २ सय ९३ पुरुष मतदाताले मतदान गरेका हुन् । दुई जना अन्य लैङ्गिक समूहका मतदाता भए पनि उनीहरूले मतदान नगरेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।

जिल्लामा खसेको मतदानका आधारमा हेर्दा सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको छ । जसमा कुल ६४.४६ प्रतिशत मत खसेको हो । यो क्षेत्रमा जिल्लाभरमा नै बढी मतदाता पनि रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ मा ६४.२६ प्रतिशत र निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा कम ६३.५९ प्रतिशत मत खसेको हो । महिला र पुरुषको मतदाता तथ्याङ्क हेर्दा महिला मतदाता ६७.२५ प्रतिशत र पुरुष मतदातामध्ये ६०.८९ प्रतिशतले मतदान गरेको देखिएको छ । यो मतसंख्यामा करिब ७ प्रतिशत महिला मतदाताको मत बढी खसेको हो ।

चितवनमा माडी इच्छाकामना लगायतका भौगोलिकरूपमा मतगणना स्थलबाट टाढा रहेका मतदान स्थलबाट मतपेटिका आइपुगेपछि मतगणना गर्ने तयारी गरिएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले मतपेटिका आइपुगेपछि सर्वदलीय सहमतिअनुसार मतगणना सुरू गर्ने जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।