२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

रत्ननगरमा सामूहिक व्रतबन्ध कार्यक्रम हुने

रत्ननगर । युवा नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय सामाजिक संस्था रत्ननगर जेसीजले यसवर्ष पनि ‘सामूहिक व्रतबन्ध’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

जेसीजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही चैत १३ गते रत्ननगर वडा नं–२ स्थित शिवालय मन्दिरमा सामूहिक व्रतबन्ध कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

रत्ननगर जेसीज वर्ष २०२६ का अध्यक्ष सविन मानन्धरका अनुसार सन् १९९९ मा स्थापना भएको यो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि परम्परा तथा संस्कारको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कार्यक्रम संयोजक सचितराज जोशीले हालसम्म ११ जना वटुकहरुले नाम दर्ता गराइसकेको बताउँदै नाम दर्ताको अन्तिम मिति चैत १० गतेसम्म रहेको जानकारी दिए ।

उनले कार्यक्रमका लागि दर्ता शुल्क ५ हजार ९ सय ९९ रूपैयाँ तोकिएको र सो शुल्कमा वटुकलाई आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराइने बताए । साथै, सहभागी वटुकका १० देखि १५ जना पाहुनाका लागि निःशुल्क भोजन तथा प्रसादको व्यवस्थासमेत गरिएको उनले बताए ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोग रहने आयोजकले जनाएको छ । रत्ननगर जेसीज र रत्ननगर जुनियर जेसीजको संयुक्त आयोजनामा हुने यो कार्यक्रमले व्रतबन्धजस्तो खर्चिलो संस्कारलाई मितव्ययी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । व्रतबन्धसँगै सामूहिकरुपमा मीत लगाउने कार्यक्रम पनि गरिने आयोजकले बताएका छन् ।

पत्रकार सम्मेलनमा पूर्वअध्यक्षहरु अमितकुमार गुप्ता, नरहरि पुरी, रत्ननगर जुनियर जेसीजका पूर्वअध्यक्ष सन्दर्भ खनाल, हालका अध्यक्ष सगुन रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।