भरतपुर । चितवन स्थायी ठेगाना भई रसुवा बाढीमा हराउने ११ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
हराउनेहरुमा भरतपुर–५, तोरीखेतका महेश नेपाली (४०), भरतपुर–१६ फूर्तिचोकका विकाशबाबु अधिकारी (४०), खैरहनी–६, पर्साका रिकेशकुमार श्रेष्ठ (३१), माडी–६, कल्याणपुरका कृष्णराज अर्याल (७०), राप्ती–८, खरखुरेका योगबहादुर खड्का (५१), भरतपुर–२३, जगतपुरका केशवराज चालिसे (४१), भरतपुर–५, छमुखेका सुगम सिलवाल (२३) रहेका छन् ।
यस्तै रत्नननगर–१२, सालघारीका रोहित सुनार (१४), रत्ननगर–२, टाँडीका अर्जुनकान्त थपलिया (४६), माडी–८, फर्कटाकी सुमित्रा भण्डारी थापा (३५) र भरतपुर–७, कृष्णपुरका विक्रम उपाध्याय (३६) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।












