२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

बुलेट मोटरसाइकल रुखमा ठोक्किँदा एक युवकको मृत्यु, चालक नियन्त्रणमा

भरतपुर । इच्छाकामना गाउँपालिका वडा नं–७, सिमलढापस्थित भित्री सडक खण्डमा आइतबार बेलुकी बुलेट मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००५ प १६१० नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदा भरतपुर–११ बस्ने २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका वडा नं–८ घर भई हाल भरतपुर–११ बस्ने २८ वर्षीय सागर थापा सामान्य घाइते भएका छन् ।

दुवै घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुर ल्याइएकोमा गम्भीर घाइते थापालाई ८ः०५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले मोटरसाइकल चालक सागर थापालाई सिएमसीबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा पोस्ट मार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।