२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

चितवन शारीरिक सुगठन तथा फिटनेश संघद्वारा सल्लाहकार चयन र स्वागत

भरतपुर/चितवन शारीरिक सुगठन तथा फिटनेश संघद्वारा सल्लाहकार चयन तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
चितवन शारीरिक सुगठन तथा फिटनेश संघको शनिबार बसेको विशेष बैठकले संघको सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको संघका सचिव बीरबहादुर रानाले जानकारी दिनुभयो । दिनेश राजभण्डारी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिमा प्रलाद सापकोटा, राकेशमान श्रेष्ठ, भीमबहादुर घले, राजेन्द्र गुरुङ, तजेन्द्र कुँबर, श्याम न्यौपाने, लाल बहादुर राय, अन्तोष बमजन र प्रेस सल्लाहकारमा पत्रकार राजु भट्ट रहनु भएको थियो ।

सल्लाहकार चयन सँगै स्वागत गरिएको कार्यक्रममा सल्लाहकारहरुले आफूहरुलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा वहन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । विभिन्न बिधाका प्रतिष्ठित व्यक्तिहरुलाई सल्लाहकार समितिमा चयन गरिएको र सल्लाहकारहरुको राय, सल्लाह, सुझाव र प्रतिक्रिया लिएर संघका गतिविधिहरुलाई अगाडि बढाईने चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।