२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

देवचुलीमा सालनाल सहितकाे नवजात शिशु मृत फेला

नवलपुर । नवलपुरकाे देवचुली नगरपालिका-१ स्थित देवी गैरा सामुदायिक वनमा सालनाल सहितकाे नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसाे पाैने ४ बजेतिर देवचुली नगरपालिका-१ देवी गैरा सामुदायिक वन नजिकै सडकको छेउमा सालनाल सहितको नवजात शिशु (छोरा) मृत फेला परेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।

तन्नामा पोको पारी फालेको अवस्थामा मृत फेला परेको भनि स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरकाे टाेली घटनास्थल पुगेर अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।

घटना स्थल इलाका प्रहरी कार्यालय रजहरबाट अन्दाजी ४/५ किलाेमिटर दक्षिण पश्‍चिममा रहेकाे प्रहरीले जनाएकाे छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।