२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कांग्रेसले तीन दिन पार्टीको काम बन्द गर्ने

भरतपुर । नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवम् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरूङको निधन भएको दुःखद् घडीमा नेपाली कांग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ। आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीन दिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।

कास्कीको ल्वाङ घलेलमा २००६ सालमा जन्मिएका पृथ्वीमानको बाल्यकाल उतै बिते पनि चितवन आएपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका हुन्। कांग्रेस चितवनका सभापति खनालका अनुसार २०२९ सालमा नेपाली कांग्रेसमा आवद्ध भएका गुरूङ सोही समयताका विश्वविद्यालयमा अध्यापनसमेत गराउँथे। विपी कोइरालासँगको भेटपछि उनी कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिएका हुन्।

२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं.३ को सांसद पदमा उम्मेदवार बने पनि पराजय भए। त्यसपछि जिल्लाको सभापति बनेका उनी २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङका अनुसार त्यसअघि उनी नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर काम गरेको अनुभवसमेत उनीसँग थियो।

चितवन जिल्लामा भने नेपाली कांग्रेसको विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति भएका हुन्। पार्टी एक भएपछि उनलाई पार्टीले जिल्लामा सम्मानीय नेताको रूपमा सम्मान दिँदै आएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।