२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य छ : महानिरीक्षक थापा

चितवन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताएका छन् ।

मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले बुधबार भरतपुरमा ‘अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा उनले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा मात्रै १५२ वटा मुद्दा दर्ता भई २४१ आरोपी पक्राउ परेका छन् । १८४ जना पीडितको उद्धार गरिएको छ भने सोमध्ये ९० महिला र नौ बालिका छन् । उनले मानव बेचबिखन तथा यौनजन्य हिंसा पुरुषबाट मात्रै नभई महिलाबाटसमेत हुने गरेको उल्लेख गरे ।

सो अवसरमा भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकामा जोड दिए । महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकामा गम्भीर चिन्ता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेको जानकारी दिए । जसले गर्दा पारिवारिक बिखण्डन, निगरानीको अभाव र सामाजिक समस्या निम्तिने उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।