२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौँडा । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा उनले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका थिए । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे ।

निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो ।

तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन भएका थिए भने बानियाँले १६ मत प्राप्त गरेका थिए । बुधबारको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।