रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा इभी भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
हेटौँडाबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०१८६ नम्बरको इभी भ्यान दुर्घटनामा भरतपुर–५ बस्ने ३३ वर्षीय अमृत रानाभाट, भारतको मोतीहारी बस्ने २४ वर्षीय अमिष्ठ ठाकुर र सोही ठाउँ बस्ने ४० वर्षीय महमद सहिदुला घाइते भएका हुन् ।
घाइते तीनै जनाको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।








