२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

दशनामी समाज चितवनको युवा तदर्थ कार्यसमिति गठन

भरतपुर । नेपाल दशनामी समाज चितवन जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न नेपाल दशनामी समाज युवा समितिको प्रथम चितवन जिल्ला भेलाले सुमन भारतीको संयोजकत्वमा ११ सदस्यीय युवा तदर्थ कार्यसमिति चयन गरेको छ ।

युवा तदर्थ कार्यसमिति कार्यसमितिको सचिवमा आकाश गिरी चयन भएका छन् । यस्तै, सदस्यहरुमा जीवन गिरी, दीपा गिरी, राजकुमार गिरी, बबि भारती, प्रकाश गिरी र विजय गिरी सर्वसम्मत चयन भएका छन् ।

नेपाल दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी ‘निर्जरा’को सभापतित्व एवम् नेपाल दशनामी समाज महिला केन्द्रीय उपाध्यक्ष ऋतु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि गिरीले समाजमा छरिएर रहेका अल्पसंख्यक दशनामी बन्धुहरुलाई एकीकृत गरी साङ्गठनिक रुपमा सामूहिक सहभागितामार्फत आफ्ना हकअधिकारका लागि पैरवी गर्नका लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा युवा समाजका केन्द्रीय अध्यक्ष अर्जन गिरी, बागमती प्रदेश सहसचिव पूर्णबहादुर पुरी, समिति सचिव सागर गिरी, नेपाल दशनामी समाज रत्ननगरका अध्यक्ष तुलसी गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी ‘निर्जरा’ले नयाँ कार्यसमितिले दशनामीहरुबीच समन्वय र आपसी एकताका निम्ति आफ्नो भूमिका निर्वाह गर्दै सामाजिक सेवाका कार्यमा समर्पित रहन आग्रह गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।