२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

एकपटकका लागि व्यक्तिगत घटना दर्ताको विवरण सच्याउन मिल्ने

रत्ननगर । नेपाल सरकारले व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेका नाम, थर, उमेर लगायतका विवरणमा त्रुटि भएमा एकपटकका लागि सच्याउन सकिने नयाँ व्यवस्था लागू गरेको छ । ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा गरिएको संशोधनले यो सुविधा प्रदान गरेको हो ।

रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले नयाँ व्यवस्थाले व्यक्तिगत विवरणमा भएको त्रुटि सच्याउन सहज हुने बताए । विवरण सच्याउन चाहने व्यक्तिले सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात् वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

उनले निवेदनसँगै आवश्यक कागजात र प्रमाणहरू पेस गर्नुपर्ने बताए । यो व्यवस्था साउन १४ गतेदेखि लागू भए पनि विभागबाट आधिकारिक परिपत्र आउन बाँकी रहेको उनले जानकारी दिए ।

यसअघि व्यक्तिगत घटना दर्तामा भएको त्रुटि, विशेषगरी जन्मदर्तामा बच्चाको नाम, थर, उमेर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्रमात्र सच्याउन सकिने प्रावधान रहेको थियो । यो व्यवस्थाले धेरैलाई असुविधा भएको गुनासो आएको थियो । नयाँ संशोधनले भने उमेर वा अन्य अवस्थाको कुनै सीमा नराखी जोसुकैले पनि एकपटक विवरण सच्याउन सक्ने सुविधा प्रदान गरेको छ ।

यो प्रक्रियाअन्तर्गत सच्याइएको विवरणको जानकारी स्थानीय पञ्जिकाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । यसले व्यक्तिगत विवरणको अद्यावधिक र एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो नयाँ व्यवस्थाले विशेषगरी प्रशासनिक त्रुटि वा अन्य कारणले प्रमाणपत्रमा गलत विवरण परेका व्यक्तिहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरणहरूको एकीकरण र डिजिटल अभिलेखीकरणमा समेत यो व्यवस्थाले सकारात्मक योगदान पु¥याउने बस्ताकोटीले बताए ।

नागरिकहरूले यो सुविधा उपयोग गर्न स्थानीय वडा कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया र कागजातबारे जानकारी लिन सक्नेछन् । यो व्यवस्थाले व्यक्तिगत दस्तावेजको शुद्धता र विश्वसनीयता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।