२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बकुलहर रत्ननगर प्रादेशिक अस्पतालका मेसु डा. ज्ञवाली सम्मानित

रत्ननगर । बकुलहर रत्ननगर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली सम्मानित भएका छन् ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमको अवसरमा डा. ज्ञवालीलाई स्वास्थ्यसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत सम्मान गरिएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरको सहभागितामा डा. ज्ञवालीलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

बागमती प्रदेश सरकारले डा. ज्ञवालीबाट स्वास्थ्यसेवामा थप प्रशंसनीय र उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गर्दै बधाइ तथा शुभेच्छा प्रकट गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।